८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

नेता सतारको प्रश्न- एटिएम मेसिन जस्तो परिणाम खोजेका जनतालाई कहिलेसम्म ईतिहास पढाउने ?

नेता सतारको प्रश्न- एटिएम मेसिन जस्तो परिणाम खोजेका जनतालाई कहिलेसम्म ईतिहास पढाउने ?
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले संविधान संशोधनको बिषयलाई हल्काफुल्का रुपमा लिन नहुने बताउनु भएको छ । जारी केन्द्रीय समितिको बैठकमा आफ्नो दृष्टिकोण राख्दै नेता सत्तारले यसबाट पर्न सक्ने दीर्घकालीन असरबारे सबै तह र तप्कासंग गम्भिर छलफल आबश्यक छ । उहाँले भन्नुभयो ‘भोली काग्रेसले संविधान भत्कायो भन्ने सन्देश गयो भने के हुन्छ?’

नेता सतारले कांग्रेस सबैभन्दा ठुलो पार्टी भएको कुरा जनताले अनुभूत गर्न नपाएको उल्लेख गर्दे नेतृत्व जनताका सबालमा अनभिज्ञ जस्तै रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो’ किन ठुलो पार्टी हुदाँ पनि हामी अन्य दलको सहयोगीको भूमिका मात्र देखिऔ ।’

नेता सतारले तल्ला तहका हजारौ नेता तथा कार्यकर्तालाई बिभिन्न मुद्धामा फसाईएको गुनासो आफुले सुनेको जानकारी गराउदै यस बिषयमा तत्काल कार्यदल बनाएर समस्याको समाधान खोज्नु पर्ने सुझाब दिनुभयो । उहाँले भन्नुभयो ‘कार्यकर्ताको मनोबल खस्किएको छ , मनोबल नउकास्ने हो भने नेता र जनताको मात्र होईन नेता र कार्यकर्ताको पनि दुरी बढ्छ ।’

नेता सत्तारले कांग्रेस राजनीति भूमरीमा फसेको उल्लेख गर्दे कहिले माओवादीले कहिले एमालेले काग्रेसको काधमा बन्दुर राखेर पड्काएको गुनासो गर्नुभयो ।

उहाँले अब काग्रेसलाई कुन बाटो बाट कहाँ पुर्‍याउने भन्ने तय नभएको भन्दै महाधिबेशन , महासमिति र केन्द्रीय समितिले निर्देश गर्न नसकेको बताउनु भयो । उहाँले भन्नुभयो ‘जनताले एटिएम मेसिनबाट जस्तो परिणाम खोजेका छन् अब ईतिहास मात्र देखाएर जनताले पत्याउदैनन्।’