९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से परिसूचक ३९ दशमलव ६० अंक घटेर १ हजार ९५५ दशमलव ७५ बिन्दुमा



अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक ३९ दशमलव ६० अंक घटेर १ हजार ९५५ दशमलव ७५ बिन्दुमा पुगेको छ । विगत केही दिनदेखि बढेको बजारमा लगानीकर्ताहरुले प्रोफिट बुक गर्न लागेसँगै बजार घटेको देखिन्छ ।  कारोबारमा आएका १२ ओटा समूहमध्ये जलविद्युत समूहको परिसूचक बाहेक सबै समूहको परिसूचक घटेको छ । जलविद्युत् समूहको परिसूचक १ दशमलव २५ प्रतिशत बढेको छ भने सबैभन्दा बढी ब्यापार समूहको परिसूचक ४ दशमलव ८७ प्रतिशत घटेको हो ।

सर्वाधिक कारोबार गर्नेमा दोस्रोमा अपर तामाकोशीको रू.२५ करोड ९४ लाख ६२ हजार बराबरको शेयर खरीदविक्री  भएको छ । त्यसैगरी बुधवार सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीका शेयरधनीले गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ५ दशमलव ५६ प्रतिशत घटेर रू. २५५ कायम भएको छ ।

बुधबारको कारोबार दिनमा २०१ ओटा कम्पनीको रू.४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ बराबरको शेयर खरीदविक्री भएको हो । नारायणी डेभलपमेण्ट बैंकको शेयर मूल्य ९ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ   । त्यसैगरी सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ४२ करोड ४२ लाख ७२ हजार बराबरको शेयर खरीदविक्री भएको हो । 


 




भर्खरै