५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेश सरकार र संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गर्न राप्रपा नेपालको सरकारसँग माग



अ+ अ-

काठमाडौँ । राप्रपा नेपालले बंगलादेशमा जारी हिंसात्मक प्रदर्शनको क्रममा हिन्दुहरू माथि संगठित आक्रमण भइरहेको समाचारले विश्वभरका सनातन धर्मावलम्बीहरूलाई स्तब्ध बनाएको जनाएको छ ।

राप्रपा नेपालले एक वक्तव्य जारी गर्दै धार्मिक आस्थाको आधरमा गरिने हिंसाप्रति सचेत बिश्व समुदाय मौन रहन नसक्ने उल्लेख गरेको छ ।

‘बंगलादेशका जनताले बिभिन्न मागहरु राखेर गरेको आन्दोलनकाबारेमा हाम्रो भन्नु केही छैन । त्यो उनिहरुको अधिकार हो । तर, धार्मिक आस्थाको आधरमा गरिने हिंसाप्रति सचेत बिश्व समुदाय मौन रहन सक्दैन। आन्दोलनको बलमा सत्ता परिवर्तन भइसकेपछि पनि हिन्दूहरूमाथि अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरहरुमा तोडफोड गरिनु मानवअधिकारको ठाडो उल्लंघन हो ।’ विज्ञप्तीमा भनिएको छ ।

धार्मिक आस्थाको आधरमा भएका हिंसाको घोर भत्सर्ना र बिरोध गर्दै राप्रपाले मानवताविरुद्धको यस्ता घटनाप्रति नेपाल सरकारले कुनै प्रतिक्रिया नजनाउनु र मौन रहनु आश्चर्यजनक रहेको उल्लेख गरेको छ ।

‘हिन्दूहरूमाथि भइरहेको आक्रमण अन्त्य गर्न र पिडितहरुको उद्धार र सहयोगका निम्ति बंगलादेश सरकार र संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।