५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न काठमाडौंमा



अ+ अ-

काठमाडौँ । भूटानको लिग च्याम्पियन पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न शनिवार बिहान नेपाल आइपुगेको छ ।

चर्च ब्वाइज युनाइटेड क्लबका अध्यक्ष रुबेन राई र पदाधिकारीहरूको टिमलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको हो । पारो एफसी यो पटक निकै प्रभावशाली रहने अनुमान गरिएको छ ।

उसले जापानका स्टार केसुके होन्डालाई टिममा भित्राएको छ । होन्डाले तिन पटक विश्व कप खेलिसकेका छन् । उनी एशियाकै स्टार खेलाडी हुन् ।

होन्डाको आगमनसँगै टिम मजबुत बनेको टिमको बुझाई छ । होन्डा मात्र होइन यो पटक पारो कुल १२ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ । क्लवले गरेको लगानी अत्याधिक छ । यही कारण टिमलाई जित्नै पने दबाब समेत रहेको छ ।

तयारी पनि उत्कृष्ट रहेको र होन्डाको आगमनले टिम आत्मविश्वासी रहेको र उनकै वरिपरि रहेर टिम तयार पारिएको प्रशिक्षक पुष्पलाल शर्माले बताउनु भयो ।

गत वर्ष पनि पारो एफसी कप छनौट खेल्न नेपाल आएको थियो । त्यतिखेर मच्छिन्द्र क्लवसँग पारजित भएको थियो । यो पटक भने टिम पेपरमा निकै मजबुत देखिएको छ । खेल मंगलवार दशरथ रंगशालामा साँझ ६ बजे हुनेछ ।