१७ भाद्र २०८३, बुधबार
,
Latest
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई क्षेत्रको सुरक्षाका लागि सरकारलाई सुमनाको सुझाव



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले नेपालको हवाई सुरक्षाको नीतिगत पहलहरु सीघ्रताका साथ कार्यान्वयन गर्न सुझाव दिएकी छन् ।

सांसद श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई सुझाव पत्र लेखेकी हुन् ।

पत्र लेख्दै उनले यथाशीघ्र कार्यान्वयनमा लैजाने भन्ने अपेक्षा राखेको पनि उल्लेख गरेकी छन् । प्रधानमन्त्री र मन्त्रीले दृढ प्रतिबद्धता र इमानदार प्रयत्न गरे उक्त सुझावहरु कार्यान्वयन हुने सांसद श्रेष्ठको विश्वास छ ।

उनले सामाजिक सञ्जालमा भनेकी छन् –
पर्यटन मन्त्री माननीय बद्री प्रसाद पाण्डे ज्यूको सचिवालयले नेपालको हवाई क्षेत्रको सुरक्षाका लागि सुझाव माग्नु भएको जानकारी समाचारमार्फत प्राप्त भयो । दिईएको आधिकारिक ईमेलमा हामीले यी सुझावाहरु बुझाएका छौँ । यथाशीघ्र कार्यान्वयनमा लैजानुहुनेछ भन्ने अपेक्षा राखेकी छु । तर यसका लागि सबैभन्दा महत्त्वपूर्ण भनेको सदनका दुई ठूला दल मिलेर बनेको दुईतिहाइ विश्वास प्राप्त शक्तिशाली सरकारका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यू र माननीय मन्त्री बद्रीप्रसाद पाण्डेज्यूको दृढ प्रतिबद्धता र इमानदार प्रयत्न चाहिन्छ । आशा छ अब भने जनतालाई निराश बनाउनु हुनेछैन ।