४ भाद्र २०८३, बिहीबार
,
Latest
वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’ ‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगलका पेपेद्वारा सन्यासको घोषणा



अ+ अ-

काठमाडौँ । पोर्चुगलका फुटबलर पेपेले सन्यासको घोषणा गरेका छन् । ४१ वर्षीय पेपेले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । ब्राजिलमा जन्मेका उनले पोर्चुगलका लागि एक सय ४१ खेल खेलेका छन् ।

कप्तान क्रिस्टियानो रोनाल्डोले दुई सय ११ र जोआओ माउटिन्होले एक सय ४६ खेल खेलेका छन् । सन् २०१६ को युरो कपको फाइनलमा आयोजक राष्ट्र फ्रान्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले पहिलो उपाधि जितेको थियो ।

यो प्रतियोगितामा पोर्चुगलको टोलीमा पेपे, रोनाल्डो र माउटिन्हो थिए । रोनाल्डोले रियल मड्रिडका आफ्ना पूर्वसहकर्मी पेपेलाई एक्समा बधाई दिएका छन् ।

आफ्नो क्लब करिअरमा पेपेले २००७–१७ को बीच रियलबाट तीन च्याम्पियन्स लिग र तीन स्पेनिस लिग जिते । उनले पोर्चुगिज क्लब पोर्टोबाट फुटबल जीवनलाई बिट मारे । उनी २०१९ मा यस क्लबमा आबद्ध भएका थिए ।




भर्खरै