• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo

सदर चिडियाखाना खुलेपछिको अबस्था (फोटोफिचर)



काठमाडौं ।  आज (बिहीबार) देखी ललितपुरको जावलाखेल स्थित सदर चिडिया खाना सर्वसाधारणका लागि खुल्ला भएको छ  ।  चिडियाखाना दैनिक बिहान १० बजे देखि साँझ ५ बजेसम्म खुल्ला गरिने छ । एकपटकमा ८ सय जना सम्मलाई प्रवेश दिइने पनि डा. चिरन्जीबी पोखरेलले बताउनुभयो । चिडिया खाना घुम्न जाने व्यक्ति बढीमा डेढ घण्टा सम्म भित्र बस्न पाउने व्यवस्था पनि गरिएको छ । घुम्न आउनेले मास्क अनिवार्य लागाउनुपर्ने छ भने चिडियाखाना भित्र प्रवेश गर्दा हात सेनिटाइज गर्नुपर्ने, जुत्ता निसंक्रमण गर्नुपर्ने लगायतको व्यवस्था पनि गरिएको डा. पोखरेलले बताउनुभयो । यस्तै चिडियाखाना भित्र जनावरको नजिक जान, पार्कमा बसेर खान, वन्यजन्तुलाई खुवाउन र छुन पाइने छैन भने बालबालिकालाई खेलाउन नपाइने नियम समेत बनाइएको छ ।