६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ८ दशमलव २७ अंक बढेर १९६४.०२ विन्दुमा पुगेर बन्द



अ+ अ-

काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १ हजार ९६४ दशमलव शून्य २ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव २७ अंक बढेको हो । यसदिन २०४ ओटा कम्पनीको रू. ४ अर्ब १४ करोड ६३ लाख २१ हजार ५० बराबरको शेयर खरीदविक्री भएको छ । ९८ लाख ८३ हजार १९७  कित्ता शेयर ३९ हजार ४१० पटकमा उक्त रकम बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १२ ओटा समूहमध्ये जलविद्युत् समूह र विकास बैंक समूहको परिसुचक घटेको छ भने बाँकी समूहको परिसूचक बढेसँगै नेप्से परिसूचक बढेको हो ।  

जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी ४ दशमलव १३ प्रतिशत घटेको छ । विगत एक दुई दिनदेखि उक्त समूहको परिसूचक बढेको थियो । लगानीकर्ताले प्रोपिट बुक गरेर सेक्टर परिवर्तन गरेसँगै उक्त समूहको परिसूचक घटेको हो ।बुधबार बजार ३९ अंक घटेको थियो र बजार घटेका बेलामा खरीदकर्ता सक्रिय हुँदा बिहीबार बजार बढेको देखिन्छ । बिहीबार सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक २ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ । सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएर  प्रतिकित्ता रू. २४२ पुगेको छ । त्यसैगरी प्रभु बैंकको संस्थापक शेयर पनि १० प्रतिशतका दरले वृद्धि भएको छ । 

सर्वाधिक करोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ३७ करोड ३२ लाख बरावरको शेयर खरीदविक्री भएको छ । बिहीबारको कारोबार दिनमा सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मूूल्य ९ दशमलव ८७ प्रतिशत घटेको छ । दोस्रोमा रसुवागढी जलविद्युत् कम्पनीको शेयर मूल्य ८ दशमलव ६१ प्रतिशत घटेर प्रतिकित्ता रू. ३०८ कायम भएको छ ।