२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

स्थानीय पाठ्यक्रम शुरु गर्दै बर्दिवास

स्थानीय पाठ्यक्रम शुरु गर्दै बर्दिवास
अ अ+ अ-

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकाले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । आउने नयाँ २०७८ सालको शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको नगर कार्यपालिकाको कार्यालयको शिक्षा, युवा तथा खेलकूद शाखाले जनाएको हो । यसरी स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दिवास प्रदेश नं २ कै पहिलो स्थानीय तह बनेको छ । हाल कायम रहेको पाठ्यक्रममा कक्षा १ देखि ८ सम्मका छात्रछात्रालाई एक विषय थपिने गरी स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो । प्रथम चरणअन्तर्गत  शैक्षिक सत्र २०७८ मा कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम लागू हुने र कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम २०७९ मा लागू गरिने शाखा प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिनुभयो ।

नगर क्षेत्रभित्रका ५२ सामुदायिक र २२ संस्थागत विद्यालयमा हालै स्वीकृत गरिएको स्थानीय पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक (कक्षा १ देखि ५ सम्मका) शैक्षिक सत्रको प्रारम्भमै सबै विद्यार्थीले पाउने नगरको शिक्षा, युवा तथा खेलकूद शाखाले जनाएको छ । कक्षा तहअनुसार क्रमशः आफ्नो स्थानीय तहको परिचय समेटिएको नयाँ पाठ्यक्रम (स्थानीय पाठ्यक्रम) अनुसार विद्यार्थी आफ्नो परिवेशबारे जानकार हुने शाखा प्रमुख दाहालको भनाइ छ । स्वीकृत गरिएको नयाँ स्थानीय पाठ्यक्रम कक्षा १ देखि ८ सम्मका छात्रछात्रालाई यसअघि पठनपाठन भइरहेका विषयमा एउटा थप हुने र यसका लागि चाहिने अतिरिक्त जनशक्ति (शिक्षक) नगरपालिकाले व्यवस्थापन गर्ने भएको छ ।

नगरपालिकाले २०७७ को प्रारम्भमै स्थानीय पाठ्यक्रम लागू गर्ने नीतिगत निर्णय गरेसँगै प्रक्रियाअनुसार पाठ्यक्रम निर्माणको जिम्मेवारी पाएको सभ्यता अनुसन्धान केन्द्र काठमाडौँले कक्षा भारअनुसार पाठ्यक्रममा समावेश गरिने विषयसूचीबारे विभिन्न विषयका विज्ञसँगको कयौँ चरणको छलफलपछि तयार पारेको हो । “हामी त कक्षा १ देखि ८ सम्म २०७८ मै पढाउन थाल्ने गरी लागेका थियौँ”, नगरप्रमुख विदुरकुमार कार्कीले भन्नुभयो, “तर सबै कक्षाका लागि पाठ्यक्रम बनाउने विषयमा विज्ञहरुबीचको लामो छलफल प्रक्रिया,  पुस्तक छपाउने समय र  शिक्षक व्यवस्थापनको पक्षले एकैपटक गर्न भ्याएनौँ ।” यद्यपि आउने शैक्षिक सत्र २०७८ मा कक्षा १ देखि ५ सम्म र एक वर्षपछि २०७९ मा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम लागू हुने कार्कीको भनाइ छ ।

कक्षा १ देखि ८ सम्म लागू गरिएको स्थानीय पाठ्यक्रमअनुसार अब ‘बर्दिवास ज्ञानमाला’ नाउँ दिइएको नयाँ पुस्तक पठनपाठनको एक अतिरिक्त थप विषय बनेको छ । कक्षा भारअनुसार छात्रछात्राले क्रमशः एकपछि अर्को कक्षा हुँदै ८ सम्म पुग्दा आफ्नो नगर क्षेत्रको भूगोल, भाषा, जातजाति, संस्कृति परम्परा, धार्मिक र पर्यटकीय ठाउँहरु र यसको सम्भावना, सम्पदा, विकास प्रयत्न र थप सम्भावना, कृषि, बजार, स्थानीय उद्यम र सीप छनोटबारे आधारभूत जानकारी पाइसक्ने शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख दाहाल बताउनुहुन्छ ।

प्रदेशमै बर्दिवास नगरपालिकाले थालेको यो प्रयत्नबारे अब अन्य स्थानीय तहले पनि चासो बढाएका छन् । महोत्तरीकै भङ्गाहा, मटिहानी र छिमेकी जिल्ला धनुषाका मिथिला तथा सर्लाहीका लालबन्दी र हरिवन नगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माणबारे छलफल हुन थालेको छ । भङ्गाहा नगरपालिकामा अब स्थानीय पाठ्यक्रमबारे कार्यसमितिमा छलफल गरिने नगरप्रमुख सञ्जीवकुमार साहले बताउनुभएको छ । “हामी ढिला त भयौं, तर अब ढिलो गर्दैनौँ”, नगरप्रमुख साहले भन्नुभयो, “आधारभूत तहका छात्रछात्रालाई आफ्नो परिवेशबारे जानकार बनाउन स्थानीय पाठ्यक्रमले निकै सघाउने बुझियो, हामी छलफल बढाउँछौँ ।”

स्थानीय पाठ्यक्रम लागू गर्न सके बालबालिका बढी जिज्ञासु हुने र अन्य विषयको जानकारी बढाउन पनि सजिलो हुने शिक्षाविद्हरु बताउनुहुन्छ । “आफ्नै वरपरका कुरा पठनपाठनकै विषय बन्ने भएपछि ती कुरा बालबालिकाले सहजरूपमा ग्रहण गर्छन्”, बर्दिवास बहुमुखी क्याम्पस बर्दिवास–१४ का प्राचार्य तोपबहादुर ठकुरी भन्नुहुन्छ, “यसले बालबालिकामा अन्य विषयको पठनपाठन र सिकाइमा पनि सकारात्मक प्रभाव पार्छ ।”