१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८० हजारभन्दा बढी



अ+ अ-

काठमाडौं । दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या बढेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसको संक्रमण रोकिने संकेत अझै नदेखिएको छैन । पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ ।

प्राप्त समाचारअनुसार शनिबारसम्ममा यहाँका १ लाख ८० हजार ४११ जनाको ज्यान गएको हो । पछिल्लो २४ घण्टामा ४६४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ५३ हजार ३६० जना संक्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ६८ लाख ३४ हजार ९६५ जना संक्रमित भएका छन् ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा यहाँ पनि कोरोना भाइरसको दोस्रो लहर आएको बताएका छन् । उनीहरुका अनुसार यहाँ सरकारले कडा खालको लकडाउन गरेको भए पनि संक्रमण भने घटेको छैन ।