१९ माघ २०८१, शनिबार
,
Latest
राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाइडेनको जित अस्विकार गर्ने मुद्धा सर्वोच्चद्धारा खारेज



अ+ अ-

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेको मुद्धा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्धाहरुमा पर्याप्त प्रमाण र आधारहरु नभएको भन्दै शुक्रबार ती मुद्धाहरु खारेज गरिदिएको हो ।

प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्न उहाँले गरेको मागलाई अदालतले अस्विकार गरिदिएको छ । टेक्सास, जर्जिया, मिशिगन, पेन्सिल्भानिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गर्न यसै साता मुद्दा दायर गरिएको थियो ।

अदालतको यो आदेशले राष्ट्रपति ट्रम्पलाई फेरी अर्को धक्का दिएको छ । उहाँले गत नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनमा धाँधली भएको दाबी गर्दै आउनु भएको छ । त्यसप्रति असन्तुष्टि जनाउदै उहाँले विभिन्न राज्यका अदालतहरुमा मुद्धा दायर गर्नुभएको थियो । ती अदालतहरुले पनि ट्रम्पको मागलाई अस्विकार गर्दै आएकोमा सर्वोच्च अदालतले पनि त्यसैसँग मिल्ने निर्णय गरेको हो । 

प्रतिश्पर्धी जो बाइडेनले निर्वाचनमा जित हासिल गर्ने संकेत देखिए लगत्तै उहाँले नतिजा अस्विकार गर्ने संकेत गर्नुभएको थियो । सबै अदालतहरुले उहाँको मागलाई अस्विकार गरेपछि पद हस्तान्तरण गर्नुको विकल्प उहाँसँग छैन । उहाँले आगमी जनवरी २० तारिखका दिन राष्ट्रपतिमा नवनिर्वाचित वाइडेनलाई पद हस्तान्तरण गर्नु पर्नेछ ।