२१ असार २०८३, आईतवार
,
Latest
कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु हो: कानूनमन्त्री चौरसिया



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने बताउनुभएको छ ।

सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याइने बताउनुभएको हो ।

उहाँले १८ वर्षदेखि अल्झिएको संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख दलहरुका बीचमा सहमती जुटेको भन्दै अहिले प्रतिवेदन तयार गरिरहेको बताउनु भयो । उहाँले प्रतिवेदन तयार भइसकेपछि शिर्ष नेताहरुलाई देखाएर संसदमा पेश गरिने बताउनुभयो । उहाँले संसदबाट सर्वसम्मत रुपमा पारित गर्नेगरी शिर्ष नेताहरुले सम्बोधन गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘टिआरसीमा १८ वर्षदेखि सहमती हुन नसकेको विषयमा सबै पार्टीका प्रमुख सचेतकहरु, गृहमन्त्रीको विशेष पहलमा एमालेका प्रमुख सचेतक, जनार्दन शर्माको विशेष पहलमा यो सहमती भएको छ । त्यसले एउटा कोसेढुंगाको रुपमा यो देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने छ । प्रतिवेदन तयार हुँदैछ । चाँडै प्रतिवेदन नेताहरुलाई देखाएर संसदमा पेश गर्ने । संसदमा सबै पार्टीका शीर्ष नेताहरुले त्यस सम्बन्धमा सर्वसम्मतिले पास गर्नेगरी सम्बोधन पनि गर्नु हुनेछ । पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने हो । देशमा सुशासन कामय गर्ने । र समृद्धितर्फ देशलाई अगाडी बढाउने यिनै हुन सरकारका प्रमुख कार्यहरु ।’

मन्त्री चौरसियाले सरकारको पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु रहेको बताउनु भयो । त्यस्तै देशमा सुशासन कायम गर्नु र समृद्धितर्फ देशलाई अगाडी बढाउनु सरकारको प्रमुख कामहरु रहेको उहाँले उल्लेख गर्नुभयो ।