• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले

सिक्टा सिंचाई अयोजनामा देखिन थाले चुनौति



काठमाडौं । झन्डै ३१ अर्बको लगानीमा बाँकेमा निर्माण भइरहेको सिक्टा सिंचाई अयोजनाको ४० प्रतिशत काम बाँकी छँदै विभिन्न चुनौतिहरु देखा परेका छन् । 

राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको ४५ किलोमिटर निर्माण भैसकेको छ । तर पूर्ण रुपमा निर्माण सम्पन्न भइनसक्दै आयोजनाले चुनौतिहरु समान गर्नुपरेको छ । नहरको पुलमा लगाएका

र्यालिङहरु चोरी हुने, माछा मार्नका लागि नहरको पानी खोलिदिने लगायतका चुनौति समाना गर्नुपरेको छ । सिक्टा सिंचाई आयोजनाका आयोजना निर्देशक लोकबहादुर थापाले निर्माण भएको ठाउँमा कमजोर धरातलका कारण नहर भित्र बनाइएका स्याल्यापहरु मटोमा भासिने भएको हुनाले पनि काम गर्न समस्या भइराखेको बताउनुभयो ।

सिक्टा नहरमा खास गरेर घुलनसिल माटो भएको कारणले नहरको संरचना भत्किने गरेको छ । यस्तै जंगलको बाटो भएकै कारणले पानी खेत सम्म पुगउन गाह्रो भएको थियो । तर पनि पानी ल्याउन सफल भएको अयोजनाका इन्जिनियर नरेस पाण्डेले बताउनु भयो ।

सिक्टा सिंचाईको ठुलो शाखाको रुपमा रहेको डुडुवा नहरमा अव्यवास्थीत रुपले नहरमा पुल निर्माण र ढल निकास बनाएपछि खेतमा पानी पु¥याउन थप जटिल देखिएको छ । सिक्टा सिंचाई अयोजना बाँकेको पहलमा काम भइराखेपनि स्थानीय निकायहरु भने मौन देखिन्छन् ।