• २४ भाद्र २०८१, सोमबार
  •      Mon Sep 9 2024
  •   Unicode
Logo

श्रीलंकाले ३ वर्षपछि भारतलाई एकदिवसीयमा हरायो



एजेन्सी । श्रीलंकाले दोस्रो एकदिवसीय खेलमा भारतलाई ३२ रनले पराजित गरेको छ । जुलाई २०२१ पछि घरेलु टोलीको भारतमाथि यो पहिलो जित हो । यस अवधिमा टोलीले ६ वटा एकदिवसीय खेल हारेको छ भने एक टाई खेलेको छ । श्रीलंकाका लागि ६ विकेट लिने लेग स्पिनर जेफ्री वान्डरसे प्लेयर अफ द म्याच भए ।

कोलम्बोमा श्रीलंकाले टस जितेर ब्याटिङ रोजेको थियो । टोलीले ९ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । भारतले ९७ रनको ओपनिङ पार्टनरसिप गरे पनि १४७ रनमा ६ विकेट गुमाएको थियो । टोलीले ४२.२ ओभरमा २०८ रन मात्र बनाउन सक्यो र खेल ३२ रनले पराजित भयो ।

लेग स्पिनर जेफ्री भान्डरसे श्रीलंकाका लागि सिरिजको पहिलो खेल खेल्दै थिए । उनलाई घाइते वानिन्दु हसरंगाको स्थानमा समावेश गरिएको थियो, हसरंगाले पहिलो एकदिवसीयमा ३ विकेट लिएका थिए । वान्डरसेले भारतीय कप्तान रोहितसहित टिम इन्डियाका शीर्ष ६ ब्याट्सम्यानलाई प्याभिलियन पठाए । वान्डरसेले मात्र ३३ रन दिएर ६ विकेट लिए र प्लेयर अफ दि म्याच बने ।

भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले ९७ रनको ओपनिङ साझेदारी गरे । रोहित शर्माले ६४ रन बनाए । यहाँबाट लेग स्पिनर जेफ्री भान्डरसेले भारतलाई ब्याकफुटमा धकेले । कप्तान चरित असालान्काले अन्तिम ३ विकेट लिएपछि भारत ४२.२ ओभरमा २०८ रनमा सिमित भयो ।

शृंखलाको पहिलो एकदिवसीय खेल बराबरीमा सकिएपछि श्रीलंकाले ३ खेलको सिरिजमा १–० को अग्रता लिएको छ । तेस्रो तथा अन्तिम एकदिवसीय खेल ७ अगस्टमा कोलम्बोमा हुनेछ । भारतले टी–२० सिरिज ३–० ले जितेको छ ।