१९ माघ २०८१, शनिबार
,
Latest
राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा एकै दिनमा अहिलेसम्मकै धेरै एकैदिनमा ३ हजारभन्दा बढी कोरोना संक्रमित



अ+ अ-

काठमाडौं । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको समस्या बढ्दै गएको देखिएको छ । जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका बताइएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । उक्त मन्त्रालयका अनुसार यहाँ शनिबार एकै दिनमा कम्तीमा पनि ३ हजार जना संक्रमित थपिएका छन् ।
 
जापानको राजधानी टोकियोमा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको जानकारी गराइएको हो । सबैभन्दा बढी टोकियो र त्यसपछि अरु केही जिल्लामा यो संख्याका संक्रमित भेटिएका बताइएको छ ।
 
यो सँगै जापानमा अहिलेसम्म संक्रमण हुने व्यक्तिको संख्या ४६ हजारभन्दा बढी पुगेको छ । यहाँ शनिबार टोकियोमा ६२१ जना संक्रमित भेटिएका थिए । 

पछिल्लो समयमा यहाँ संक्रमितहरु बढ्दै गएपछि राजधानी टोकियोका होटल रेष्टुरेन्ट तथा बढी भिडभाड हुने स्थानहरुमा मानिसहरुको सार्वजनिक आवतजावत रोकिएको छ । यहाँको सरकारले आन्तरिक यातायात सेवा भने नरोक्ने जनाएको छ ।