४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल काभा बिच भलिबलको फाइनलमा



अ+ अ-

काठमाडौँ । नेपालको महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलको यात्रा तय गरेको हो ।

भुटानको राजधानी थिम्पुमा आज भएको सेमिफाइनल खेलमा पुन र चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० सोझो सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानलाई २१–१३ र २१–१२ अङ्कले हराएको हो ।

यस्तै पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले आजै माल्दिभ्ससँग सेमिफाइनल खेल खेल्दै छ । उक्त प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ सात टोली सहभागी छन् ।