४ भाद्र २०८३, बिहीबार
,
Latest
नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोमाञ्चक खेलमा इरानसँग श्रीलंका पराजित



अ+ अ-

काठमाडौँ । रोमाञ्चक खेलमा इरानले शुक्रवार श्रीलंकामाथि जित निकाल्दै काभा महिला भलिबल नेसन्स लिगमा पहिलो सफलता प्राप्त गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)इरानले श्रीलंकामाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै नेपालमा जारी काभा महिला भलिबल नेसन्स लिगमा अंकको खाता खोलेको हो । इरानले दोस्रो खेलमा पहिलो जित निकाल्दा श्रीलंकाले भने दुई खेलमा पनि जित प्राप्त गर्न सकेको छैन ।

यसअघि पहिलो खेलमा इरान भारतसँग ३–१ र श्रीलंका आयोजक नेपालसँग ३–० को सोझो सेटमा पराजित भएका हुन् । पहिलो दुई सेट गुमाए पनि श्रीलंकाले उत्कृष्ट पुनरामनको संकेत गरेको थियो ।

इरानले पहिलो सेट २५–२० र दोस्रो २५–१२ ले सहजै आफ्नो बनाउन सफल भएको हो । तर श्रीलंकाले तेस्रो र चौथो सेट आफ्नो बनाउँदै खेलमा फर्कने संकेत गर्‍यो । यो सेटमा श्रीलंकाले २५–२२ र २५–१३ ले आफ्नो पक्षमा पार्दै उच्च आत्मबल बटुल्यो । तर पाँचौं तथा निर्णायक सेटमा भने श्रीलंकाले तालमेल मिलाउन सकेन । यो सेटमा एक समय श्रीलंका १०–१० को बराबरीको स्थितिमा थियो । तर, यसबीच तालमेल गुमाउँदा इरानले लगातार अंक बटुल्दै १५–११ ले सेट आफ्नो बनायो ।

यससँगै पाँच राष्ट्र सम्मिलित काभा महिला भलिबल नेसन्स लिगमा समान दुई खेलबाट इरानले दुई अंक र श्रीलंकाले एक अंक जोड्यो । यसअघि पहिलो खेलमा जित निकालेका नेपाल र भारतको समान एक खेलबाट तीन अंक छ ।

घरेलु टोली नेपाल र भारतले काभा महिला भलिबल नेसन्स लिगमा बिहीवार सुखद् शुरुवात गरेका थिए । अहिले भारतले दोस्रो खेल माल्दिभ्ससँग खेलिरहेको छ । नेपालले भने दोस्रो खेल शनिवार भारतसँग नै खेल्नेछ ।

राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा लिगको शिर्ष स्थानमा रहने टोली र चौथो हुने टोली तथा दोस्रो स्थानको टोली र तेस्रो स्थानको टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । नेपालसहित पाँच राष्ट्रले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता साउन २३ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्दैछन् । नेपाल लिगको शिर्ष स्थानमा रहँदै फाइनलमा पुग्न बलियो दाबेदारी प्रश्तुत गर्ने लक्ष्यमा छन् ।