४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय खेल आज, विराट र रोहित सात महिनापछि खेल्दै



अ+ अ-

एजेन्सी । टी–२० सिरिजमा श्रीलंकालाई ३–० ले हराएपछि भारतले आज एकदिवसीय सिरिजको पहिलो खेल खेल्दैछ ।

खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा दिउँसो २:४५ बजेबाट सुरु हुनेछ । श्रीलंकाको टोली घाइते मथिश पाथिरानासहित चार प्रमुख फास्ट बलरबिना उत्रनेछ ।

अर्कोतर्फ भारत टी–२० टोलीमा रहेका ६ खेलाडीबिनै उत्रदैछ । कप्तान रोहित शर्मा, विराट कोहली र कुलदीप यादव जस्ता खेलाडी टोलीमा फर्कँदैछन् ।

एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि रोहित र विराट दुवैले एकदिवसीय खेल्नेछन् ।

अर्कोतर्फ, ऋषभ पन्त नोभेम्बर २०२२ पछि एकदिवसीय खेल्नेछन् । तर, उनलाई प्लेइङ–११ मा समावेश गर्ने कि नगर्ने भन्ने ठूलो प्रश्न छ ? किनभने केएल राहुल एकदिवसीय टोलीमा पहिलो रोजाइको विकेटकिपरका रूपमा स्थापित भएका छन् ।

भारतसँग आज श्रीलंका विरुद्ध आफ्नो १०० औं ओडीआई जित दर्ता गर्ने मौका छ । यी दुईबीच १६८ एकदिवसीय खेल भएको थियो, जसमा भारतले ९९ र श्रीलंकाले ५७ जित हासिल गरेको थियो । यस्तै, १ ओडीआई बराबरी भएको थियो भने ११ खेल अनिर्णित रह्यो ।

२०१४ यता भारतले २५ ओडीआई मध्ये २१ मा श्रीलंकालाई हराएको छ । श्रीलंकाले मात्र ४ खेलमा जित निकालेको थियो ।