८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

पेरिस ओलम्पिकमा प्रिन्स दाहाल समूह चरणका सबै खेलमा पराजित

पेरिस ओलम्पिकमा प्रिन्स दाहाल समूह चरणका सबै खेलमा पराजित
अ+ अ-

काठमाडाैंः नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा आफ्नो समूह चरणको सबै खेलमा पराजित भएका छन् । कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित ४ खेलाडी थिए । तीनै खेलमा प्रिन्सले प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे ।

फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा बुधबार समूह चणको अन्तिम खेलमा ५८ औं विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानले प्रिन्सलाई २१–१२ र २१–१० को सोझो सेटमा पराजित गरे । प्रिन्सले जम्मा ३६ मिनेट कोर्टमा बिताए । पहिलो सेटमा १६ मिनेट टिकेका प्रिन्स दोश्रोमा २० मिनेट टिकेका थिए ।

तीन खेलमा प्रिन्सले दोहोरो अंकमा स्कोर गरेको पहिलो पटक हो । उनले मिसाको सर्भिसमा पहिलो सेटमा ९ र दोश्रो सेटमा ७ अंक बटुलेका थिए । आफ्नो सर्भिमा भने प्रिन्सले पहिलो र दोश्रो सेटमा समान ३–३ स्कोर गरे ।

प्रिन्स पहिलो खेलमा विश्व नम्बर २ डेनमार्कका भिक्टर एक्सेल्सेनसंग २१–८ र २१–६ तथा दोश्रोमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसंग २१–७ र २१–५ को सोझो पराजित भएका थिए । गृष्माकालीन ओलम्पिकमा प्रिन्स ३ खेल खेल्दै एकै संस्करणमा बढी खेल खेल्ने नेपाली खेलाडी बनेका छन् । सबै भन्दा बढी खेल खेल्ने नेपाली खेलाडीमा पूर्व धावक बैकुण्ठ मानन्धर हुन् । उनले १९७२ देखि १९८४ को अवधिमा भएको चार ओलम्पिकमा लगातार सहभागिता जनाएका थिए ।

नेपालले ओलम्पिकको ब्याडमिन्टनमा पहिलो पटक सहभागिता जनाएको हो । सन् १९६४ को टोकियो ओलम्पिक (१८ औं संस्करण) देखि भाग लिन सुरु गरेको नेपालले पेरिस ओलम्पिक– २०२४ सम्म आइपुग्दा एक संस्करण बाहेक सबैमा निरन्तर सहभागी छ । १९ औं संस्करणमा नेपाल सहभागी भएन ।

पेरिस ओलम्पिकको तयारीका लागि २० वर्षीय प्रिन्सले करिब ४० दिन श्रीलंकामा प्रशिक्षण गरेका थिए । बुधबारको खेलमा पूर्व राष्ट्रिय च्याम्पियन रामजीबहादुर श्रेष्ठ तथा त्यसअघिका २ खेलमा अल्साल्भाडरका मार्टिनेज नवररेट्टे जोस पेड्रोले प्रिन्सको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

खेलपछि पूर्व जुनियर नम्बर वान प्रिन्सले प्रतियोगिताबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउदै समग्रमा ओलम्पिक अनुभव राम्रो भएको बताए । उनले धेरै भन्दा धेरै प्रतियोगितासंगै निरन्तर प्रशिक्षणको अवसर पाउने हो भने आगामी ओलम्पिकका केहि गर्न सकिने बताउदै ओलम्पिकमा सहभागी हुने अवसर मिलाइ दिने सबैलाई धन्यवाद दिए ।

प्रिन्ससंगै जारी ओलम्पिकमा ६ खेलाडीको चुनौती समाप्त भएको छ । यसअघि टेबलटेनिसका श्यान्टु श्रेष्ठ, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह, जुडोकी मनीता श्रेष्ठ प्रधान तथा सुटिङकी सुस्मिता नेपाल पेरिस ओलम्पिकबाट बाहिरिसकेका छन् । पेरिस ओलम्पिकमा नेपालबाट ६ खेलमा ७ खेलाडी सहभागी छन् ।

ओलम्पिकको अन्तिम दिन अगष्ट ११ तारिखमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले महिला म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्ने छिन् । सन्तोषी पेरिस आइपुग्ने अन्तिम नेपाली खेलाडी हुन् । सन्तोषी मंगलबार पेरिस आइपुगकी हुन् । #Nepal #PrinceDahal #Paris #Olympics  राष्ट्रिय खेलकूद परिषदको सहयोगमा