९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

वातावरणमैत्री इँटा ‘ग्रीन ब्रिक्स’ उत्पादन गर्दा वार्षिक अरबौं रुपैयाँ बराबरको कोईला आयात बन्द हुने

वातावरणमैत्री इँटा ‘ग्रीन ब्रिक्स’ उत्पादन गर्दा वार्षिक अरबौं रुपैयाँ बराबरको कोईला आयात बन्द हुने
अ अ+ अ-

काठमाण्डौ । गेग्रिन र बलौटे माटोमा सिमेन्ट मिसाएर बनाइने वातावरणमैत्री इँटा ‘ग्रीन ब्रिक्स’ देशैभरि उत्पादन गर्ने हो भने अरबौं रुपैयाँ बराबरको दशौं लाख टन बराबरको कोईला आवश्यक नपर्ने यस क्षेत्रका विज्ञहरुले बताएका छन् ।

अहिले परम्परागतशैलीमा इँटा भट्टामा काँचो इँटा पोल्नको लागि वार्षिक १० लाख टन कोइला भारतबाट आयात गर्न परिरहेको पनि उनीहरुले बताएका छन् ।

विगत तीन वर्षदेखि ‘ग्रीन ब्रिक्स’ उत्पादन गर्दै आएको इको केयर प्रालिले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रालिका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत विनोद श्रेष्ठले परम्परागत प्रविधिबाट बनाइएको इँटा भन्दा वातावरणमैत्री इँटा (मेशीनले थिचेर बनाइएको काँचो इँटा) ‘ग्रीन ब्रिक्स’ बनाउन कम लागत लाग्ने र सस्तो पर्ने बताए ।

चाइनिज आकार प्रकारको सो इँटाको प्रयोग गर्दा सिमेन्ट कम लाग्ने र गारो लगाएपछि सिधै जस्तोसुकै रंग लगाउन सकिने र विदेशमा जस्तै यो इँटा सयौं वर्ष टिक्ने पनि कम्पनीले दावी गरेको छ ।
कम लागतमा सानो क्षेत्रफलको जग्गामा पनि वर्षको ३६५ दिननै इँटा बनाउन सकिने र श्रमिक पनि कम लाग्ने संस्थापक अध्यक्ष श्रेष्ठले बताए ।

‘ग्रीन ब्रिक्स’ कारखाना स्थापना गरि उत्पादन र विक्रीको लागि आफुहरु प्राविधिक सहयोग र सल्लाह दिन हरदम तयार रहेको बताउँदै संस्थापक अध्यक्ष श्रेष्ठले पुराना इँटा भटटलाई प्रतिष्थापन गरि देशभरी नै यस्तो इँटा उद्योग बनाउन सकिने बताए ।

परम्परागत इँटा सरहनै वलियो हुने दावी गरिएको सो इँटाको आकार र तौल नेपाल सरकारले तोकेको मापदण्ड सरह नै रहेको पनि अध्यक्ष श्रेष्ठले बताए ।

इको केयर प्रालिबाट उत्पादित ‘ग्रीन ब्रिक्स’ का सद्भावनादूत एवम वरिष्ठ हाँस्य कलाकार किरण केसी ‘ए रातामकै’ ले दिनँहू राजधानी लगायतका ठाउँ विभिन्न कारणबाट प्रदुषित भईरहेको उल्लेख गर्दै प्रदुषण कम हुनेगरि उत्पादित वातावरणमैत्री इँटा ‘ग्रीन ब्रिक्स’ प्रयोग गरि आफ्नो घर र आवास बनाउन सर्वसाधारण उपभोक्तासंग आग्रह गरे ।

पत्रकार सम्मेलनमा इको केयर प्रालिकी प्रवन्ध निर्देशक ज्योति दवाडी र संस्थापक निर्देशक स्वस्ती सुवेदीले पनि ‘ग्रीन ब्रिक्स’ का विविध आयामबारे प्रकाश पारेका थिए ।

काभ्रेको पनौतिमा रहेको सो कम्पनीले हाल आफैंले ग्रीन ब्रिक्स उत्पादन तथा विक्री पनि आफैंले गर्दै आएको जनाएको छ ।