२७ पुष २०८१, शनिबार
,
Latest
पाँच महिनामा भित्रियो छ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण काठमाडौंमा आज कहाँ-कहाँ जाँदैछ बिजुली ? पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय,के के छन् व्यवस्था आज पनि पृथ्वीको न्याय आवश्यक छ ?  अनाधिकृत फोटोको प्रयोग रोक्नुपर्नेमा फोटोग्राफर र कलाकारको जोड नेपालमा सम्भावना नै छैन भन्ने भाष्य परिवर्तन गर्नु आवश्यक छ: अध्यक्ष ढकाल सरकारको सदासयतालाई कमजोरी नठान्न अर्थमन्त्रीद्वारा निर्माण व्यवसायीहरुलाई आग्रह नवलपुरको दुम्कीबासमा पुल भासिँदा पूर्व-पश्चिम राजमार्ग पूर्ण अवरुद्ध मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चार सचिव अर्यालद्वारा पदभार ग्रहण



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आज मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।

पदभार सम्हाल्दै सचिव अर्यालले मन्त्रालयको हितमा सबैले सहकार्य गरेर जिम्मेवारी बहन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सूचना र प्रविधिका माध्यमबाट देशलाई सुशासन, सूचना प्रवाह र विकासतर्फ उन्मुख गराउन मद्दत पुग्ने उहाँले उल्लेख गर्नुभयो । जिम्मेवारीसँगै काम गर्न चुनौती पनि उत्तिकै रहेको उहाँको भनाइ थियो ।

“सबै कर्मचारीले मन्त्रालयको छवि स्वच्छ राख्दै जिम्मेवारी पूरा गर्नुहुनेछ भन्नेमा विश्वस्त छु”, सचिव अर्यालले भन्नुभयो ।

सो अवसरमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालयका विविध गतिविधिबारे सचिव अर्याललाई जानकारी गराउनुभएको थियो ।