९ श्रावण २०८३, शनिबार
,
Latest
यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिनभवन कलेजका प्राध्यापकको हत्यामा संलग्न १७ वर्षपछि पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मंगलवार नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वर्ष ३९ का रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका खड्का जिल्ला काठमाडौं साविक का.जि. का.म.न.पा.–३५ हाल का.म.न.पा.–३२ बस्ने वर्ष ३९ का रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले बताउनु भयो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडीबाट साउन १५ गते पक्राउ गरिएको हो । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि सविता थापा र विनोद थापालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो । खड्का र जिल्ला भक्तपुर मध्यपुर ठिमी लोकन्थली बस्ने राजिव पाण्डे सहितको समूहले रड र ईट्टा समेत प्रहार गरी घाईते बनाई बेहोस अवस्थामा छोडी फरार रहेकोमा निजको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।

उहाँले भन्नुभयो, ‘मिति २०६४/०३/२६ गते जिल्ला ललितपुर साविक ललितपुर उपनगरपालिका वडा नं.–२२ हाल ललितपुर महानगरपालिका वडा नं.–२२ शंखमुल स्थित जिल्ला ललितपुर ईमाडोल गा.वि.स. वडा नं.–०२ घर भएका वर्ष ३३ का नेपाल कमर्श क्याम्पस मिनभवनमा प्राध्यापनरत धर्मराज विष्टलाई जिल्ला धादिङ साविक बुढाथुम गा.वि.स.वडा नं.–३ हाल गंगा जमुना गा.पा.–७ घर भई जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं.–२६ ढोलाहिटी बस्ने वर्ष ४१ की सोभिता थापा भन्ने साविता थापा (अधिकारी) को योजनामा निजको सहोदर भाई विनोद थापा, जिल्ला काठमाडौं साविक का.जि.का.म.न.पा.–३५ हाल का.म.न.पा.–३२ बस्ने वर्ष ३९ को रञ्जन खड्का र जिल्ला भक्तपुर मध्यपुर ठिमी लोकन्थली बस्ने राजिव पाण्डे सहितको समूहले रड र ईट्टा समेत प्रहार गरी घाईते बनाई बेहोस अवस्थामा छाडी फरार रहेकोमा निजको उपचारको क्रममा वीर अस्पतालमा मृत भएको उक्त घटना पश्चात फरार रहेका जिल्ला काठमाडौं साविक का.जि. का.म.न.पा.–३५ हाल का.म.न.पा.–३२ बस्ने वर्ष ३९ को रञ्जन खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिति २०८१/०४/१५ गते का.जि. का.म.न.पा.वडा नं.–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडीबाट पक्राउ गरीएको हो ।’

बैंक तथावालेटको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ठगी गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट माधवनारायण नगरपालिका वडा नम्बर २ घर भइ हाल काठमाडौंको कोटेश्वर बस्ने वर्ष २१ का शुभम साह र रौतहटको गौर नगरपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने वर्ष २३ को सत्यमकुमार सहनीलाई पक्राउ गरी सार्वजनिक गरेको बताउनु भयो ।

उहाँले फेसबुक, ह्वाट्सएप, इमो, भाइबर जस्ता एपहरुको प्रयोगमार्फत ईसेवा वालेट लगायत विभिन्न व्यक्तिहरुको नाममा रहेका बैंक खातामा समेत रकम ट्रान्सफर गरी अनलाइनमार्फत ठगीमा परेका पीडितहरु २२ जनाले यस वर्ष काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आइ उजुरी दिएको बताउनु भयो ।