• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

भारतले सुपर ओभरमा जित्यो तेस्रो टी–२०: श्रीलंकाविरुद्धको सिरिजमा क्लिन स्वीप



एजेन्सी । श्रीलंकाविरुद्धको ३ खेलको टी–२० सिरिजमा भारतले क्लिन स्वीप गरेको छ । पछिल्लो खेलमा भारतले श्रीलंकालाई सुपर ओभरमा पराजित गरेको थियो ।

पल्लेकेलेमा श्रीलंकाले सुपर ओभरमा मात्र ३ रनको लक्ष्य दिएको थियो र कप्तान सूर्यकुमारले पहिलो बलमा चौका प्रहार गर्दै जित हासिल गरेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेट गुमाएर १३७ रन बनाएको थियो । जवाफमा श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाउन सके र खेल बराबरी भयो ।

अन्तिम ओभरमा श्रीलंकालाई जितका लागि ६ रन आवश्यक थियो । कप्तान सूर्य आफैं बलिङ गर्न आए र ६ बलमा ५ रन मात्र दिए । उनले दुई विकेट पनि लिए । १९ औं ओभरमा रिंकु सिंहले २ रन दिएर २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच वासिङ्टन सुन्दर भए । उनले २५ रन बनाएर २ विकेट लिए ।

खेलको फाइटर अफ द म्याच श्रीलंकाका ब्याट्सम्यान कुसल परेरा भए । उनले उक्त खेलमा ३४ बलमा ४६ रनको इनिङ खेले । कुसलको इनिङ्समा ५ चौका समावेश थिए । उनले कुसल मेन्डिससँग ५२ रनको अर्धशतक साझेदारी पनि गरे तर टोलीलाई जित दिलाउन सकेनन् ।