११ असार २०८३, बिहीबार
,
Latest
ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट हुने आवतजावतमा रोक



अ+ अ-

कञ्चनपुर । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुदै भारतबाट हुने आवतजावतको कार्य बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको  संयोजकत्वमा आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले माघ ९ गते राति १२ बजेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक कार्यबाहेक सीमा नाकामा भारततर्फबाट हुने आवतजावत (साइकलमार्फत हुने क्यारिङ समेतणनगर्ने/गराउने निर्णय गरेको छ । 

अति आवश्यक कामले जानै पर्ने भए सोसँग सम्बन्धित कागजात र कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटोसमेत भए हुने) अनिवार्यरूपमा सुरक्षाकर्मीलाई देखाउनुपर्ने नियम लागू गरिएको छ । विवाह, व्रतबन्ध जस्ता समाजिक कार्य गर्दा २५ जनाको सङ्ख्या नबढाई गर्ने र नित्य धार्मिक पूजा प्रार्थना बाहेकका धार्मिक भेला तथा कार्यक्रमहरु हाललाई सञ्चालन नगर्ने र एम्बुलेन्स सेवा प्रदायक संस्थाहरुलाई आफूले सञ्चालनमा ल्याइएका एम्बुलेन्सहरुमा अनिवार्यरूपमा जिपिएस राख्नुपर्नेछ । 

सरकारी निकाय, स्थानीय तह, गैरसरकारी निकाय, सङ्घसंस्था, पत्रकार महासङ्घलगायतका सरोकारवाला सबै सङ्घसंस्थाको सहकार्य र समन्वयमा सबै पालिकामा अभियानका रूपमा जनचेतनामूलक कार्यक्रम र मास्क अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । 

कोरोना भाइरसको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि नेपाल सरकारको निर्णय सबै सुरक्षा निकायलगायत सबै सरोकारवाला निकायहरु र सङ्घसंस्थाहरु समन्वयात्मक रूपमा परिचालन भई कार्यान्वयन गर्न बैठकले आग्रहसमेत गरेको छ । रासस