१८ श्रावण २०८३, सोमबार
,
Latest
उद्यमी–व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन : पूर्वअर्थमन्त्री खनाल जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधि र मन्त्रालयबीच वार्ता सुरु सुकुम्बासीलाई रोजगारीसँग जोड्न तालिम र अवसर उपलब्ध गराउने निर्णय मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि खस्याे पहिरो, दुईतर्फी सडक अवरुद्ध भलिबल संघको १९ वटा वार्षिक कार्यक्रम सार्वजनिक परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ सुनकोसी दुर्घटना: खसेको कारमा सवार थिए ३ जना राष्ट्रिय सभाको शुन्य समयः महँगी, सीमा विवाद र दलित आन्दोलनप्रति सरकारको ध्यानाकर्षण अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याउनेः प्रजिअ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक भोलि बस्ने



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक भोलि बुधबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने जनाइएको छ ।

विधानअनुसार छुट्टाइएको क्लष्टरका आधारमा कमिटीको आकार थप गर्ने विषयमा बैठकमा छलफल हुने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

हाल विधानअनुसार दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था रहेकामा तीन सय २९ सदस्यीय कार्यसमिति विस्तार गर्ने गरी छलफल अगाडि बढेको उहाँले बताउनुभयो ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र सक्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनित गर्ने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायतका विषयमा छलफल गर्ने तयारी छ ।

हालै सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेकाले बाँकी सदस्य मनोनित गरिने छ ।

बैठकमा मुलुकको समसामयिक राजनीतिकको समीक्षाका साथै पार्टीको भावी कार्ययोजनाबारे छलफल हुने केन्द्रीय सदस्य पाण्डेयले बताउनुभयो ।