७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

राष्ट्रिय सभाको शुन्य समयः महँगी, सीमा विवाद र दलित आन्दोलनप्रति सरकारको ध्यानाकर्षण

राष्ट्रिय सभाको शुन्य समयः महँगी, सीमा विवाद र दलित आन्दोलनप्रति सरकारको ध्यानाकर्षण
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभाको सोमवारको बैठकमा सांसदहरूले मुलुकको समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बैठकको शुन्य समयमा बोल्दै सदस्यहरूले बढ्दो महँगी, एलपी ग्यासको अभाव, सीमा क्षेत्रमा देखिएका समस्या र न्यायको पर्खाइमा रहेका नागरिकका विषयमा सरकारको जवाफदेहिता खोजेका हुन् ।

सांसद कृष्णबहादुर रोकायाले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले नागरिकको जनजीवन कष्टकर बनेको बताउनु भयो । छिमेकी मुलुक भारतमा एलपी ग्यासको मूल्य घट्दा समेत नेपालमा आयल निगमले मूल्य नघटाएको र बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको उहाँको भनाइ छ । विशेषगरी रुकुम पश्चिममा होटल व्यवसायी र सर्वसाधारणले ग्यास अभावका कारण सास्ती खेप्नुपरेको भन्दै उहाँले तत्काल आपूर्ति सहज बनाउन माग गर्नुभयो ।

सांसद विष्णुकुमारी सापकोटाले चाडपर्वको मुखमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले खाद्यान्नको भाउ आकाशिएको उल्लेख गर्दै सरकार नागरिकका आधारभूत समस्याप्रति संवेदनशील नभएको आरोप लगाउनु भयो । सांसद श्रीकृष्णप्रसाद अधिकारीले बजारमा विषादीयुक्त र मिसावटजन्य खाद्य सामग्रीको बिक्री वितरण भइरहेको भन्दै प्रभावकारी बजार अनुगमन र गुणस्तर नियन्त्रणका लागि जनशक्ति बढाउन माग गर्नुभयो ।

सांसद पूजा चौधरीले नवलपरासीको सुस्तास्थित थारु टोलमा निर्माणाधीन अस्थायी बाँध भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काएको घटनाप्रति आपत्ति जनाउनु भयो । सुस्ताको विषय राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएकाले यसलाई कुटनीतिक माध्यमबाट दीर्घकालीन समाधान खोज्न उहाँले आग्रह गर्नुभयो । यस्तै, सांसद विष्णुबहादुर विश्वकर्माले लिपुलेक र लिम्पियाधुरामा छिमेकी मुलुकको हस्तक्षेप र सुस्तामा नेपाली नागरिकमाथि हुने दुव्र्यवहारको अन्त्यका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा दलित समुदायको हकअधिकार र न्यायका लागि माइतीघरमा १०७ दिनदेखि सत्याग्रहमा बसेकी दीपा नेपालीसँग वार्ता गरी समस्या समाधान गर्न सांसद पदमबहादुर परियार र विष्णुबहादुर विश्वकर्माले माग गर्नुभयो । निर्वाचनका बेला दलित समुदायसँग माफी मागेका दलहरू सरकारमा पुगेपछि उनीहरूको पीडाप्रति उदासीन बनेको उहाँहरूको आरोप छ ।

सांसद रेणु चन्दले सुदूरपश्चिमकी पूजा धानुकको शङ्कास्पद मृत्युको विषय उठाउँदै दाइजोका कारण हुने हत्या र हिंसाका घटनामा निष्पक्ष छानबिन गर्न माग गर्नुभयो । निर्मला पन्त प्रकरण जस्तै यो मुद्दा पनि न्यायविहीन नबनोस् भन्दै उहाँले सरकारलाई सचेत गराउनुभयो ।

सांसद विष्णुदेवी पुडासैनीले १० वर्षसम्म निष्क्रिय रहेका बैंक खाताको रकम सरकारी खातामा ल्याउने तयारी अमानवीय भएको टिप्पणी गर्नुभयो । त्यस्तो रकमलाई २० वर्षको समय दिएर स्वास्थ्य सेवामा खर्च गर्ने व्यवस्था मिलाउन उहाँको सुझाव थियो । उहाँले बिजुलीमा लगाइएको भ्याट र यातायात मजदुरमाथि हुने चर्को जरिवानाप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।

बैठकमा सांसद पूजा चौधरीले पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी कीर्तिमानी पर्वतारोही निर्मल पुर्जासहित नेपाली र विदेशी नागरिकको निधन भएको खबरले मुलुक स्तब्ध भएको बताउँदै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल