१६ श्रावण २०८३, शनिबार
,
Latest
सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैनः नेकपा नेता सुवेदी सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ मुलुक र पार्टी दुवै संकटको भुमरीमाः नयाँ कार्यदिशाका लागि राष्ट्रिय भेलाः काँग्रेस संस्थापन इतर समूह काँग्रेस संस्थापनइतर समूहद्वारा डा. शशांक कोईरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुखलाई हटाउँदा अपमान गरियो: निवर्तमान प्रदेश प्रमुख शेरचन



अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका नि:वर्तमान प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश प्रमुखलाई हटाउँदा अपमान गरिएको बताउनुभएको छ ।

मंगलवार कार्यालयमा पत्रकार सम्मेलन गर्दै उहाँले बिना कारण आफूलाई प्रदेश प्रमुखबाट हटाइएको बताउनु भयो । उहाँले प्रदेश प्रमुखलाई हटाउँदा मार्ग प्रशस्त गर्न आग्रह गर्नुपर्ने भएपनि त्यो पालना नभएको भन्दै असन्तुष्टि पोख्नुभयो ।

उहाँले लुम्बिनी प्रदेश प्रमुख नेपाली काँग्रेसको भागमा परेको सुनेको भन्दै उहाँले आफूले कुन विधि मिचेका कारण हटाएको भन्ने नबुझेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रदेश प्रमुखलाई हटाउनु पर्दा अवस्था यस्तो आयो, मार्ग प्रशस्त गर्नुहोला भनेको भए मर्यादाको ठाउँ रहन्थ्यो । त्यो पालना भएको शुरुदेखि अहिलेसम्म म देख्दिन । छिटो हटाउनुपर्छ भनेर हटायो । अहिले आएर यो ठाउँ नेपाली काँग्रेसको ठाउँ भन्ने सुन्छु म । सरकार परिवर्तन हुँदैमा, केन्द्रमा परिवर्तन भयो । तर यहाँको परिस्थिति फरक छ ।

सरकार सरकारबीचमा अन्तरबिरोध भएर विभिन्न बाधा आएर बसेको परिस्थिति होइन, यहाँको प्रमुखलाई हटाउनुको कारण के । के गल्ती गरेको छ । यो प्रदेश प्रमुखले के गल्ती गरेको छ । अमर्यादित ढंगले हटाइएको छ ।’

उहाँले केन्द्रमा सरकार परिवर्तन हुँदा प्रदेश सरकारले क्षति व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनु भयो ।