५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

म कडा रक्षामन्त्री थिएँ, राजा वीरेन्द्रले भनेको नमानी तत्कालीन प्रधानसेनापतिलाई हटाइदिएँ: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालीहरु हरेक क्षेत्रमा प्रतिभाशाली र योग्य रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली विद्यार्थी र युवा पुस्ताले विभिन्न क्षेत्रमा कीर्तिमान कायम गरेको उल्लेख गर्दै नेपाली युवा अध्ययन, अनुसन्धान, खेलकुद लगायत सबै क्षेत्रमा प्रतिभाशाली रहेको बताउनु भयो । उहाँले आफू २०५१ सालमा रक्षामन्त्री बन्दा ‘कडा’ रुपमा प्रश्तुत भएको बताउनु भयो । उहाँले राजा वीरेन्द्रले तत्कालीन प्रधानसेनापतिलाई बर्खास्ती गर्न नचाहँदा पनि आफूले बर्खास्ती गरेको बताउनु भयो । उहाँले तत्कालीन प्रधानसेनापतिले भ्रष्टाचार गरेपछि बर्खास्त गर्नुपरेको बताउनु भयो । उहाँले सो सयमसम्म नेपाली सेनामा महिला भर्ती नगर्ने गरेको पनि स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँ विद्यार्थी, नयाँ युवाहरु एक सय एक प्रतिभाशाली छन् । संसारमा पनि कीर्तिमान कायम गरेका छन् । नेपाली युवाहरु जुनसुकै क्षेत्रमा पढाईको क्षेत्रमा होस्, अनुसन्धानको क्षेत्रमा होस् । चाहे सगरमाथा आरोहण गर्ने क्षेत्रमा होस् । युद्धको मैदानमा होस् । ब्रिटिस सेनालाई पराजित गर्ने हिम्मत गर्ने नेपाली गोरखा सैनिक हो । विश्वका ती देशहरुमा जहाँ गृहयुद्ध चलिरहेको छ, त्यो गृहयुद्धलाई शान्त गर्न सबैभन्दा प्रभावकारी कोही देखिन्छ भने त्यो नेपाली सेना नै छ । म लेबनान गएको थिएँ ।’

‘म त्यहाँ गएको लेबनानमा रहेका नेपाली सेनाका हाकिमहरु थाहा पाए । उनीहरु मलाई भेट्न आए । किन आए थाहा छ, किनभने म सेनाको पनि रक्षामन्त्री थिएँ । २०५१ सालमा रक्षामन्त्री भएपछि प्रधानसेनापतिलाई पनि सञ्चालन गर्नुपर्छ । म कडा रक्षामन्त्री थिएँ । प्रधानसेनापतिलाई जागिरबाट निकालिदिएँ । भ्रष्टाचार गरेको हुनाले । त्यो बेलामा राजा वीरेन्द्र थिए । वीरेन्द्रले भने एक पटक माफ दिइदिनुस् न त भने मैले भने माफी दिन सकिँदैन । यस्ता मान्छेलाई राखेर नेपाली सेनाको इज्जत बढ्न सक्दैन । म रक्षामन्त्री भएको बेलामा नेपाली सेनामा महिलालाई भर्ना गरिँदैन थियो ।’

अध्यक्ष नेपालले विद्यार्थी अनुशासित भएर बस्नुपर्ने बताउनु भयो । अनुशासित भएमात्रै राम्रो जीवनयापन गर्न सकिने बताउनु भयो ।