२४ भाद्र २०८३, बुधबार
,
Latest
ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरब लिग प्रमुखद्वारा इजरायल–हिजबुल्लाह द्वन्द्व बढ्दै गएकोमा चिन्ता व्यक्त



अ+ अ-

एजेन्सी । अरब लीग (एएल) का महासचिव अहमद अबोल–घिटले सोमवार इजरायल र लेबनानी लडाकु समूह हिजबुल्लाह बीचको सैन्य टकरावको सम्भावित विस्तारमा चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले यस द्वन्द्वले आफ्नो वर्तमान दायरालाई मध्य पूर्वलाई क्षेत्रीय युद्धमा तान्नसक्ने चेतावनी दिनुभयो । अबोल–घिटले लेबनानसँग पूर्ण ऐक्यवद्धता व्यक्त गर्दै अरब देशलाई इजरायली धम्कीको निन्दा गर्नुभयो ।

कुनैपनि सम्भावित वृद्धिले सम्पूर्ण क्षेत्रको सुरक्षा र स्थायित्वमा खतरा निम्त्याउने बताउनु भयो । प्यान–अरब निकायले इजरायली–निलग्न गोलान हाइट्समा माजदल शम्स आक्रमणको छानबिन गर्न आह्वान गरेको छ । जसमा १२ व्यक्तिको मृत्यु भएको थियो । एएलले गाजामा इजरायली युद्ध जारी राख्ने नकारात्मक असरहरू र यसलाई विस्तार गर्ने खतराहरू विरुद्ध बारम्बार चेतावनी दिँदै तत्काल युद्धविरामको लागि आह्वान गरेको थियो ।