६ भाद्र २०८३, शनिबार
,
Latest
अस्तामको डाँडामा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले भने–‘हाम्रो डाँडामा पानी र बाटो पुगोस्, देशमा दण्डहीनताको अन्त्य होस्’ चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुडो खेलाडी मनिता पेरिस ओलम्पिकको पहिलो चरणबाट बाहिरिइन्



अ+ अ-

काठमाडौँ । जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिकको पहिलो चरणबाट बाहिरिएकी छिन् ।

५७ केजी मुनिको तौल समूहमा नेपालककी मनितालाई सर्वियाकी मारिका पेरिचिजले इप्पोनमा सहजै पराजित गरिन् । मनिता १ मिनेट दुई सेकेण्ड मात्रै म्याचमा टिकिन् ।

यो सहज हारमा जारी ओलम्पिक्समा नेपालबाट पहिलो चरणबाट बाहिरिने मनिता चौथो खेलाडी हुन् । यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल र पौडीका डुवाना लामा पनि पहिलो चरणबाट नै बािरिसकेका छन् ।

मनिता सागकी रजत विजेता खेलाडी हुन् भने उनीसँग वल्र्ड च्याम्पियनसिप खेलेको अनुभव पनि छ । तर उनले ओलम्पिक्समा प्रभावशाली प्रदर्शन गर्न सकिनन् ।

जुडोमा नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन फुपु लामु खत्रीको नाममा छ । उनी रियो ओलम्पिक्समा पूरै समय म्याटमा टिकेकी थिइनन् । आजै प्रिन्स दाहालले पनि समूह चरणको खेल खेल्दैछन् ।




भर्खरै