• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

उखु किसानको आन्दोलनमा कांग्रेस र जसपाको आन्दोलनमा एक्यवद्धता



काठमाडौं । उखु किसानको आन्दोलनमा प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले एक्यवद्धता जनाएका छन् । 

काठमाडौंको माइतीघरमा भइरहेको किसानहरुको आन्दोलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र जसपाका नेताहरुपुगेर एक्यवद्धता जनाएका हुन् । नेताहरुले किसानसँगै धर्नामा बसेर आन्दोलनमा एक्यवद्धता जनाए । सो क्रममा कांग्रेस प्रवक्ता शर्माले किसानहरु उखुको मोल खोज्न नभई सरकार खोज्न आएको बताउनुभयो । उखु उद्योगीले आफ्नो व्यक्तिगत समस्या देखाउँदै भुक्तानी नदिएपनि सरकारले भुक्तानी दिलाउन तत्परता देखाउनुपर्ने प्रवक्ता शर्माले बताउनुभयो । यस्तै अहिले सरकारमा बस्नेहरुले कमिसनलाई चिन्ने तर किसानलाई नचिन्ने गरेको बताउनुभयो । चुनावको बेला किसान र मजदूरलाई साथमा लिएर सरकारमा पुगेका मन्त्रीहरुले अहिले तिनै किसानहरुलाई नचिनेको बताउनुभयो । प्रदर्शनमा आउने किसानहरु किसान नै होइनन भन्ने मन्त्रीको भनाई सरकारको आधिकारीक धारणा हो वा होइन भन्दै प्रश्न समेत गर्नुभयो ?

किसानको आन्दोलनलाई एक्यवद्धता जनाउन पुगेका जसपाका नेताहरुले चिनी मिलका सञ्चालकहरुलाई गिरफ्तार गरेर भएपनि किसानको पैसा दिलाउनुपर्ने बताएका छन् । जसपा नेता नवराज सुवेदीले किसानले लिनुपर्ने बाँकी रकम मिल सञ्चालकलाई कारबाही गरेर भएपनि भुक्तानी गराउन सरकारले तत्परता देखाउनुपर्ने बताउनुभयो । सरकारले छिटो भन्दा छिटो किसानका माग पुरा नगरे आफुहरुले देशभरका किसानलाई राजधानीमा उतार्ने चेतावनी समेत दिनुभयो ।

जनता समाजवादी पार्टीको किसान माहासंघ पनि आन्दोलनमा एैक्यवद्धता जनाउन पुगेको थियो । महासंघका केन्द्रीय सदस्य आनन्दराम फुयालले अहिलेको सरकार लोकतान्त्रिक हो भनेर गर्व गर्ने ठाउँ समाप्त भएको बताउनुभयो । सरकार दलालहरुको हो भन्ने कुरा पछिल्ला अभिव्यक्तिहरुबाट पुष्टि भइसकेको पनि उहाँले बताउनुभयो ।

उखुको भुक्तानी माग गर्दे आन्दोलनमा सहभागि हुँदै आउनुभएका सर्लाहीका उखु किसान गजेन्द्रप्रताप सिंहले सरकारले किसान प्रति गरेको व्यवहार सकारात्मक नभएको बताउनुभयो । किसानले कपडा लागाएर आन्दोलन गर्दा सरकारले विचौलिया देखेको भन्दै दुःख व्यक्त गर्नुभयो । उद्योगीहरुले ठेक्कापट्टाका लागि लिएको ऋण उखुबाट उत्पादन भएको चिनी विक्री गरेको रकमबाट तिर्ने तर किसानलाई भुक्तानी नदिने प्रवृतिले आफुहरु मारमा परेको पनि बताउनुभयो ।

उखु किसानहरु उद्योगीबाट लिनुपर्ने भुक्तानी दिलाइदिन माग गर्दै आइतबार यता काठमाडौंको माइतिघरमा आएर आन्दोलन गरिरहेका छन् । चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नतिरेकोले भुक्तानी पाउनुपर्ने माग गर्दै उखु किसानहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।