६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकालाई ७ विकेटले हराउँदै भारतले जित्यो सिरिज



अ+ अ-

एजेन्सी । दोस्रो टी–२० क्रिकेटमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । योसँगै टीम इन्डियाले ३ खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।

भारतले पहिलो खेल ४३ रनले जितेको थियो । तेस्रो खेल मंगलबार पल्लेकेलेमा हुनेछ ।

आइतबार भारतले टस जितेर पहिले बलिङ रोजेको थियो । श्रीलंकाले ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । भारतको ब्याटिङको क्रममा पानी परेकोले टिमलाई ८ ओभरमा ७८ रनको लक्ष्य दिएको थियो । भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

भारतका लागि यशस्वी जैसवाल, सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले २०० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाए । बलिङमा रवि बिश्नोईले ३ विकेट लिए ।

सूर्यकुमार यादवले १२ बलमा २६ रन, हार्दिक पाण्ड्याले ९ बलमा २२ रन र यशस्वी जैसवालले १५ बलमा ३० रन बनाए ।

सञ्जु सामसनले खाता खोल्न सकेनन् भने ऋषभ पन्त २ रन बनाएर नटआउट रहे । श्रीलंकाका माथिश पाथिराना, वानिन्दु हसरंगा र महिश तिक्षानाले १–१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । कुसल परेराले अर्धशतक बनाए । उनले ३४ बलमा ५४ रन जोडे । उनीसँगै पथुम निसान्काले ३२ र कमिन्दु मेन्डिसले २६ रन बनाए । बाँकी ब्याट्सम्यानले खास केही गर्न सकेनन् । भारतका रवि बिश्नोईले ३ विकेट लिए । हार्दिक पाण्ड्या, अर्शदीप सिंह र अक्षर पटेलले २–२ सफलता हात पारे ।