२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकालाई ७ विकेटले हराउँदै भारतले जित्यो सिरिज



अ+ अ-

एजेन्सी । दोस्रो टी–२० क्रिकेटमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । योसँगै टीम इन्डियाले ३ खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।

भारतले पहिलो खेल ४३ रनले जितेको थियो । तेस्रो खेल मंगलबार पल्लेकेलेमा हुनेछ ।

आइतबार भारतले टस जितेर पहिले बलिङ रोजेको थियो । श्रीलंकाले ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । भारतको ब्याटिङको क्रममा पानी परेकोले टिमलाई ८ ओभरमा ७८ रनको लक्ष्य दिएको थियो । भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

भारतका लागि यशस्वी जैसवाल, सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले २०० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाए । बलिङमा रवि बिश्नोईले ३ विकेट लिए ।

सूर्यकुमार यादवले १२ बलमा २६ रन, हार्दिक पाण्ड्याले ९ बलमा २२ रन र यशस्वी जैसवालले १५ बलमा ३० रन बनाए ।

सञ्जु सामसनले खाता खोल्न सकेनन् भने ऋषभ पन्त २ रन बनाएर नटआउट रहे । श्रीलंकाका माथिश पाथिराना, वानिन्दु हसरंगा र महिश तिक्षानाले १–१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । कुसल परेराले अर्धशतक बनाए । उनले ३४ बलमा ५४ रन जोडे । उनीसँगै पथुम निसान्काले ३२ र कमिन्दु मेन्डिसले २६ रन बनाए । बाँकी ब्याट्सम्यानले खास केही गर्न सकेनन् । भारतका रवि बिश्नोईले ३ विकेट लिए । हार्दिक पाण्ड्या, अर्शदीप सिंह र अक्षर पटेलले २–२ सफलता हात पारे ।