२० पुष २०८१, शनिबार
,
Latest
सर्वोच्च अदालत बार एसोसिएनको अध्यक्षमा मेघराज पोखरेल निर्वाचित विजय र एरिका एनएनआईपीए वर्ष सर्वोत्कृष्ट खेलाडी राप्रपा नेपालको महाधिवेशन आगामी मङ्सिर १३ गतेदेखि पत्रकार पुडासैनीको अन्त्येष्टि ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना, ७५७ व्यक्तिद्वारा रक्तदान पत्रकार पुडासैनीको अन्त्येष्टि आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँः अध्यक्ष दाहाल रास्वपाले संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित पर्यटकीय जिल्ला सोलुखुम्बुको विकासलाई तीव्रता दिइनेछ : प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले जित्यो एसिया कपको उपाधि



अ+ अ-

काठमाडौँ । वुमन्स एसिया कपको उपाधि श्रीलंकाले जितेको छ । भर्खरै सम्पन्न फाइनलमा खेलमा भारतलाई ८ विकेटले हराउँदै आयोजक श्रीलंकाले पहिलोपटक उपाधि जितेको हो ।

१६६ रनको लक्ष्य पाएको श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि हर्षिता समराविक्रमाले सर्वाधिक ६९ रनको अविजित योगदान दिइन् । ५९ बल खेलेकी उनले ६ चौका र २ छक्का प्रहार गरिन् । यस्तै, चमारी अथपथ्थुले ४३ बलमा ६१ रनको योगदान दिइन् । यस्तै, कविसा दीलहरी १६ बलमा ३० रनसहित अविजित रहिन् ।

भारतका लागि बलिङमा दिप्ती शर्माले एकमात्र विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन जोडेको थियो । उसका लागि स्मृति मन्धनाले ६०, ऋचा घोषले ३०, जेमिना रोड्रीग्वेजले २९, शेफाली वर्माले १६ हरमनप्रीत कौरले ११ रन जोडिन् ।

बलिङतर्फ श्रीलंकाका कविसा दीलहरीले २, सचिनी निसन्सला, चमारी अथपथ्थु र उडेसिका प्रवोधनीले १–१ विकेट लिए । महिला एसिया कपमा भारत सर्वाधिक सफल टीम हो । आजको समेत गरी ९ संस्करणमा भारतले ७ पटक यस प्रतियोगिताको उपाधि जितेको छ ।