१८ श्रावण २०८३, सोमबार
,
Latest
धनगढीमा ‘पेपरलेस धनगढी’ सेवा सुरु, घरबाटै स्थानीय तहका सेवा लिन सकिने नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ (फोटो फिचर) साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो मुन्दडाको निवास र कार्यालयमा पाँच घण्टा प्रहरीको खानतलासी, केही फेला नपरेपछि फर्कियो टोली ज्योति रानाभाटको सत्याग्रहप्रति स्वास्थ्यमन्त्री महतको चासो, संवादबाटै समाधान खोजिने मलेसिया श्रमिक पठाउँदा सिन्डिकेट गर्न खोजिएको भन्ने समाचारप्रति श्रम मन्त्रालयको आपत्ति तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति महासचिव पोखरेलको प्रश्न इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शशांकले देउवालाई भनेः पार्टी संसदीय दलको उपनेता बनाउनुपर्छ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।

आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

पार्टीका पूर्वमहामन्त्री समेत रहनुभएका कोईरालाले दलको नेताको अनुपस्थितिमा कार्यभार सम्हाल्नुपर्ने भएकाले पनि सभापति देउवाले उपयुक्त व्यक्तिलाई संसदीय दलको उपनेता चयन गर्न ढिलाई गर्न नहुने बताउनु भयो ।

उहाँले सभापति देउवाले उपनेता किन चयन नगरेको भनि प्रश्न समेत गर्नुभयो । पार्टीका सिनियर नेताहरु मध्येबाट उहाँले संसदीय दलको उपनेता बनाउनुपर्ने महामन्त्री कोईरालाको भनाई थियो । उहाँले आफूलाई सो जिम्मेवारी दिए स्वीकार गर्ने पनि बताउनु भयो ।

नेता कोइरालाले भन्नुभयो, ‘किन बनाउनुभएन । केही कारण होला उहाँको मनमा । तर उपनेता त उहाँले चयन गर्नुपर्ने हो । मलाई पनि लाग्छ– उपनेता बनाउनु पर्छ । उहाँको अनुपस्थितिमा उपनेताले बागडोर सम्हाल्छ नि । त्यसैले उपनेता चाहीँ हुनुपर्छ । तर किन त्यो भएको छैन, शेरबहादुर देउवाजीलाई नै सोध्नुपर्ला । त्यो किन बनाउन भएन भनेर उहाँलाई नै सोध्नुपर्छ ? मलाई यसको बारेमा थाहा भएन । बनाउनुपर्ने हो । किन बनाउनु भएन ? त्यो भन्न सक्दिन म । म त आकांक्षी होइन । तर बनाउनु हुन्छ भने त अब मैले नाई भन्दिन । तर उहाँले उपयुक्त व्यक्तिलाई बनाउनु पर्छ । सिनियर मान्छेलाई बनाउनुपर्छ भन्ने लाग्छ ।’

नेता कोईरालाले सिनियर नेतालाई पार्टी संसदीय दलको उपनेता बनाउनुपर्ने पनि बताउनु भयो ।