३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला एसिया कपको फाइनल आज, एक खेल पनि नहारेका भारत र श्रीलंका भिड्दै



अ+ अ-

काठमाडौँ । महिला एसिया कप २०२४ को फाइनल खेल आज भारत र श्रीलंकाबीच हुँदैछ । खेल रंगिरि डम्बुला स्टेडियम श्रीलंकामा नेपाली समयानुसार सवा ३ बजे सुरु हुनेछ ।

प्रतियोगितामा अहिलेसम्म दुवै टोलीको प्रदर्शन उत्कृष्ट रहेको छ । यस एसिया कपमा दुवै टोलीले अहिलेसम्म एउटा खेल पनि हारेका छैनन् ।

भारतीय टोली ९ औं पटक एसिया कपको फाइनल खेल्दै छ भने श्रीलंका छैटौं पटक फाइनलमा पुगेको छ । दुवै टोली लगातार दोस्रो पटक र कुल छैटौं पटक उपाधिका लागि भिड्दैछन् ।

एसिया कपको प्रत्येक फाइनलमा भारतले श्रीलंकालाई हराएको थियो ।

भारतीय महिला टोलीले पहिलो खेलमा पाकिस्तानलाई, दोस्रोमा युएईलाई, तेस्रोमा नेपाललाई र सेमिफाइनलमा बंगलादेशलाई पराजित गरेको थियो ।

त्यस्तै पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई, दोस्रोमा मलेसियालाई, तेस्रोमा थाइल्याण्डलाई र सेमिफाइनलमा पाकिस्तानलाई पराजित गरेको थियो ।

महिला एसिया कप सन् २००४ मा सुरु भएको थियो । उक्त उपाधि भारतले जित्यो । महिला एसिया कप ९ औं पटक आयोजना हुँदैछ । अहिलेसम्म भएका ८ संस्करणमा भारतले ७ पटक यस प्रतियोगिताको उपाधि जितेको छ भने बंगलादेशले एक पटक एसिया कपको उपाधि जितेको छ ।