४ भाद्र २०८३, बिहीबार
,
Latest
वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’ ‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिस ओलम्पिकमा नेपालका श्यान्टु सेनेगलका इब्राहिमसँग ४–० ले पराजित



अ+ अ-
काठमाडौँ । पेरिस ओलम्पिक–२०२४ अन्तर्गत टेबलटेनिस खेलमा नेपालका श्यान्टु श्रेष्ठ पराजित भएका छन् ।
पुरुष एकल राउन्डको प्रारम्भिक चरणमा श्यान्टु सेनेगलका इब्राहिम डिएवसँग ४–० ले पराजित भएका हुन् । पहिलो सेटमा १०–१२ ले पराजित भएका उनी त्यसपछि ३–११, ४–११ र ५–११ ले पराजित हुनपुगे ।
श्यान्टुले यसअघि नेपालमै भएको दक्षिण एसियाली छनोटको फाइनल खेलमा नेपालकै संयोग कपालीलाई हराउँदै ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए ।
छनोट चरण पार गरेर पेरिस ओलम्पिक २०२४ मा सहभगिता जनाउने उनी एक्लो खेलाडी हुन् । समग्रमा छनोट चरण पार गरेर ओलम्पिक खेल्ने उनी तेस्रो खेलाडी हुन् । यसअघि सङ्गिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।




भर्खरै