७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिस ओलम्पिक: नेपालका स्यान्टु प्रारम्भिक चरणमै पराजित



अ+ अ-

पेरिस ‌: पेरिस ‌ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको प्रतिस्पर्धामा नेपालका स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन्।

स्यान्टु आज भएको प्रारम्भिक चरणको खेलमा सेनेगलका इब्राहिमा डिआसँग ४(० को सेटमा पराजित भए। उनी १२(१०, ११(३, ११(४ र ११(५ ले पराजित भए। पुरुष एकलको प्रतिस्पर्धामा ६७ खेलाडी रहेकामा स्यान्टु अन्तिम वरीयतमा रहेका थिए।

६४ वरीयताभन्दा माथिका खेलाडीले प्रारम्भिक चरण खेल्नु पर्ने नियमअनुसार उनले पहिलो खेल ५१औं वरीयताका खेलाडीसँग खेलेका हुन्।

छनोट चरण पार पारेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बन्दै इतिहास रचेका श्यान्टुको ओलम्पिक यात्रा भने पहिलो खेलबाटै समाप्त भएको छ ।श्यान्टु ओलम्पिक खेल्ने पहिलो नेपाली टेबलटेनिस खेलाडी समेत हुन् ।

 

तस्बिर: लोकेन्द्रकुमार बस्नेतप