१८ श्रावण २०८३, सोमबार
,
Latest
धनगढीमा ‘पेपरलेस धनगढी’ सेवा सुरु, घरबाटै स्थानीय तहका सेवा लिन सकिने नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ (फोटो फिचर) साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो मुन्दडाको निवास र कार्यालयमा पाँच घण्टा प्रहरीको खानतलासी, केही फेला नपरेपछि फर्कियो टोली ज्योति रानाभाटको सत्याग्रहप्रति स्वास्थ्यमन्त्री महतको चासो, संवादबाटै समाधान खोजिने मलेसिया श्रमिक पठाउँदा सिन्डिकेट गर्न खोजिएको भन्ने समाचारप्रति श्रम मन्त्रालयको आपत्ति तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति महासचिव पोखरेलको प्रश्न इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार न्युनिकरण र सुशासनको प्रत्याभुति गराउनेतर्फ सरकार अग्रसर छः पर्यटनमन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भ्रष्टाचार न्युनिकरण र सुशासनको प्रत्याभुति गराउनेतर्फ सरकार अग्रसर रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आायेजित नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्राज्ञिक सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ढुकुटी बलियो हुने आधारमा मात्रै पुँजीगत खर्च र योजना बनाउने गरिएको भन्दै अर्थतन्त्रलाई सुदृढ गर्नका लागि भ्रष्टाचार न्युनिकरण र सुशासनको प्रत्याभुति गराउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले विश्वविद्यालयका विभिन्न विभागहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित रहेर पनि सरकारलाई सुझाव दिनसक्ने बताउनु भयो । उहाँले प्रज्ञा प्रतिष्ठानलाई विशुद्ध प्राज्ञिक थलो बनाउन जोड दिनुपर्ने बताउनु भयो । उहाँले प्राज्ञिक सभाले गणतन्त्र र लोकतन्त्रको चर्चा गर्न राजनीतिक व्यक्तिलाई दिन आग्रह गर्दै प्राज्ञिक कुरामा ध्यान दिन निर्देशन दिनुभयो । गणतन्त्र र लोकतन्त्रको चर्चाको सीमाबाट धेरै माथि उठेर साहित्य, दर्शन, सामाजिक शास्त्र, संस्कृति, संगीत, नाट्यविधाको चर्चा गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पुँजीगत खर्च, हामीले योजना त बनाएका छौँ, कार्यक्रम त दिएका छौँ । तर त्यो ऋणात्मक हिसावले हो । भोलि उठिहाल्ला, जुटिहाल्ला । ढुकुटी बलियो भइहाल्ला भन्ने आधारमा यही अर्थतन्त्र बलियो बनाउने गरी, अर्थतन्त्रलाई सुदृढ गर्नेगरी काम अघि बढाउनुपर्नेछ । त्यसका लागि सरकारले राजनीतिक नेतृतवले लिनुपर्ने बाटो भनेकै भ्रष्टाचारको न्युनिकरण गर्ने र सुशासनको प्रत्याभुति गर्ने काम सरकारले दृढतापूर्वक गर्नुपर्छ । यस सन्दर्भमा पनि प्राज्ञहरुले विशेष ध्यान दिनुपर्छ । यद्यपी प्राज्ञहरुको राजनीतिक काम होइन । तर कतै राजनीतिक व्यक्तिहरु आफ्नो कर्तव्यबाट च्युत भए कर्तव्य सम्झाउन त्यो प्राज्ञिक कोणबाट सचेत गराउनुपर्छ ।

विश्वविद्यालयहरु सततः आफ्नो कर्तव्यनिष्ठ छन् ? आवश्यक ठाउँमा सुझाव दिइरहेका छैनन् । तीन वटै प्रज्ञा प्रतिष्ठानहरु कसरी अघि बढ्न सकिन्छ,हामीले साँच्चि नै प्राज्ञिक काम गरिरहेका छौँ । हाम्रा सजगता, सीमाहरु प्राज्ञिक काम गर्नका लागि के हुन् । प्राज्ञिक काम गर्न विशुद्ध प्राज्ञिक थलो बनाउन गर्नुपर्ने काम के हुन् । यसको दोषी तपाईंहरु होइन, यसको दोषी सिंगो राज्य संयन्त्र हो ।

विशेष गरी राजनीतिक नेतृत्व हो । हामी हौँ । यि थलोलाई हामीले प्राज्ञिक दिशामा लिएर जानुपर्छ । गणतन्त्र र लोकतन्त्रको चर्चा राजनीतिक मान्छेलाई गर्न दिनुस् । गणतन्त्र र लोकतन्त्रको चर्चाको सीमाबाट धेरै माथि उठेर साहित्य, दर्शन, सामाजिक शास्त्र, संस्कृति, संगीत, नाट्यविधाको चर्चा गर्नुपर्छ ।’

संस्कृतिको प्रवद्र्धन, विकास, अध्ययन, अनुसन्धानको जरुरी रहेको बताउनु भयो ।