१८ श्रावण २०८३, सोमबार
,
Latest
धनगढीमा ‘पेपरलेस धनगढी’ सेवा सुरु, घरबाटै स्थानीय तहका सेवा लिन सकिने नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ (फोटो फिचर) साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो मुन्दडाको निवास र कार्यालयमा पाँच घण्टा प्रहरीको खानतलासी, केही फेला नपरेपछि फर्कियो टोली ज्योति रानाभाटको सत्याग्रहप्रति स्वास्थ्यमन्त्री महतको चासो, संवादबाटै समाधान खोजिने मलेसिया श्रमिक पठाउँदा सिन्डिकेट गर्न खोजिएको भन्ने समाचारप्रति श्रम मन्त्रालयको आपत्ति तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति महासचिव पोखरेलको प्रश्न इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिले भेटवार्ता गरेको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पूर्वसांसद मञ्चका अध्यक्ष ओमकार श्रेष्ठ नेतृत्वको टोली सहभागी थियो ।

मञ्चका अध्यक्ष श्रेष्ठले गृहमन्त्री लेखकलाई बधाइका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले मन्त्री लेखकको कार्यकालमा हाल देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले संसद्को सल्लाहकार समितिका रूपमा क्रियाशील पूर्वसांसद मञ्चलाई गृह मन्त्रालयको राष्ट्रिय निर्देशन ऐनअनुसार दर्ताको व्यवस्था मिलाइ दिन आग्रह गर्नुभयो । संस्था हाल जिल्ला प्रशासन कार्यालयमा दर्ता छ ।

साथै भेटमा सहभागी पूर्वसांसदहरूले मञ्च निरन्तर जनताको काममा रहेको भन्दै राज्यको तर्फबाट न्यूनतम सुविधा उपलब्ध गराउन पनि माग थियो । पूर्वसांसद मञ्चको माग सम्बोधनका लागि आफू सकारात्मक रहेको गृहमन्त्री लेखकले आश्वासन दिनुभएको थियो । रासस