२४ असार २०८३, बुधबार
,
Latest
नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने खाद्य सुरक्षा अनुगमन प्रभावकारी बनाउन काठमाडौं महानगरले सञ्चालनमा ल्यायो माइक्रोबायोलोजी प्रयोगशाला प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही सम्पत्ति शुद्धीकरण मुद्दा : एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त गोविन्द कार्की मुख्यसचिव नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेक पाँच वर्षमा मेगा अक्शन गराउन आईपीएल टिमको माग



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)का फ्रेन्चाइजीहरूले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई हरेक ५ वर्षमा मेगा लिलामी गर्न माग गरेका छन् ।

अहिलेसम्म हरेक ३ वर्षमा मेगा लिलामी हुने गरेको छ । बोर्डले बुधबार मेगा लिलामीबारे प्रतिक्रिया सत्र आयोजना गरेको थियो । यसमा सबै १० फ्रेन्चाइजीका अधिकारीहरूले भाग लिएका थिए ।

फ्रेन्चाइजले ४ देखि ६ र ८ राइट टु म्याच कार्डका खेलाडीलाई रिटेन गर्न माग पनि गरेको छ ।

फ्रेन्चाइजीका एक वरिष्ठ अधिकारीले क्रिकइन्फोलाई मेगा अक्सन ३ वर्षको सट्टा ५ वर्षमा गर्नु बढी फाइदाजनक रहेको बताए । यसले फ्रेन्चाइजलाई अनक्याप्ड खेलाडीहरू तयार गर्न पर्याप्त समय दिने उनी बताउँछन् ।

तलबको सन्दर्भमा अधिकारीले अर्को सुझाव दिए । जसअनुसार दुई मेगा लिलामीबीचको प्रदर्शनका आधारमा खेलाडीको तलब बढाउने वा घटाउने अधिकार फ्रेन्चाइजीलाई दिनुपर्छ ।

यसले टोलीहरूलाई आफ्ना ठूला खेलाडीहरू राख्ने मौका दिनेछ । साथै, पहिले आधार मूल्य वा कम रकममा खरिद गरिएका खेलाडीहरूले लाभ प्राप्त गर्नेछन् । उदाहरणका लागि रिंकु सिंह जसलाई कोलकाताले ५५ लाखमा किनेको थियो ।

टोलीहरूले ठूला खेलाडी वा कप्तान राख्ने अनुमति पाउनुपर्छ । यसबाहेक अन्य खेलाडीलाई पनि राइट टु म्याचको रूपमा समावेश गर्न दिनुपर्छ ।

यसपटकको आईपीएल २०२४ मा केही खेलाडीले फ्रेन्चाइजको तनाव बढाएका छन् । अहिले म्याच विनर बनेका र सस्तो मूल्यमा किनिएका धेरै खेलाडी छन् । यस पटक टोलीहरू ती खेलाडीहरूको लागि ठूलो रकम तिर्न तयार हुनेछन् ।

यस्ता खेलाडीलाई आफ्नो श्रेणीमा राख्नु टोलीका लागि चुनौती हुनेछ । मेगा लिलामीमा यी खेलाडीहरूको लागि प्रतिस्पर्धा हुन सक्छ ।




भर्खरै