२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीः भारतलाई पाकिस्तानमा नखेलाउने आईसीसीको तयारी !



अ+ अ-

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले अर्को वर्ष हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलिलाई पाकिस्तान पठाउन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई मनाउने काम आईसीसीलाई दिएको छ ।

कोलम्बोमा हालै बसेको आईसीसीको बैठकले च्याम्पियन्स ट्रफीको बजेट स्वीकृत गरेको थियो ।

आईसीसीले कुनै पनि परिस्थितिसँग जुध्न प्रतियोगिताको बजेटमा पूरक खर्च राखेको छ र यसमा भारतीय टोलीले पाकिस्तान बाहिर खेल्ने सम्भावना पनि समावेश गरेको छ ।

बीसीसीआईले सधैं पाकिस्तानमा क्रिकेट खेल्ने पूर्णतया भारत सरकारको निर्णय हो भनिरहेको छ । यसअघि पनि भारतले पाकिस्तानमा आयोजना हुने एसिया कपमा टोली पठाउन अस्वीकार गरेको थियो । त्यसपछि श्रीलंकामा हाइब्रिड मोडलका आधारमा यो प्रतियोगिता आयोजना गरिएको थियो ।

पीसीबीले च्याम्पियन्स ट्रफीको मस्यौदा तालिकामा भारतका सबै खेलहरू लाहोरमा आयोजना गर्न सुझाव दिएको छ जसमा भारत सेमिफाइनल र फाइनलमा पुगेको स्थितीमा समेत समावेश छ ।

पीसीबीले अब प्रतियोगिताको समयतालिकालाई अन्तिम रूप दिन र घोषणा गर्न र भारतीय टोली पाकिस्तान जाने कि नजाने भन्नेबारे बीसीसीआईबाट पुष्टि गर्न आईसीसीलाई जिम्मा दिएको छ ।