८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

भारतविरुद्ध खेल्ने श्रीलंकाको टोली घोषणा

भारतविरुद्ध खेल्ने श्रीलंकाको टोली घोषणा
अ+ अ-

एजेन्सी । श्रीलंका क्रिकेट बोर्डले मंगलबार भारतविरुद्धको टी–२० सिरिजका लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ । टी–२० को कमान्ड चरिथ असालान्कालाई सुम्पिएको छ ।

हालै सम्पन्न टी–२० विश्वकपमा खराब प्रदर्शनका कारण पूर्व कप्तान वानिन्दु हसरंगाले कप्तानी छाडेका थिए । जुलाई १८ मा बीसीसीआईले श्रीलंका भ्रमणका लागि भारतीय टोलीको घोषणा गरेको थियो ।

भारतले श्रीलंकामा ३ टी–२० म्याचको सिरिज खेल्नेछ । पहिलो खेल पल्लेकेलेमा जुलाई २७ मा साँझ सवा ७ बजे हुनेछ । एकदिवसीय सिरिज अगस्ट २ बाट कोलम्बोमा सुरु हुनेछ । सोमबार भारतीय टोली ३ टी–२० खेल खेल्न क्यान्डी पुगेको थियो ।

भारतीय टोलीले पछिल्लो पटक २०२१ मा श्रीलंकाको भ्रमण गरेको थियो । टोलीले ३ ओडिआई र ३ टी–२० खेलको सिरिज खेलेको थियो । भारतले तीन खेलको एकदिवसीय सिरिज २–१ ले जितेको थियो भने टी–२० सिरिजमा भारत २–१ ले पराजित भएको थियो ।

श्रीलंकाको टी–२० टोलीः चरिथ असलंका (कप्तान), पथुम निसान्का, कुसल जेनिथ परेरा, अविष्का फर्नान्डो, कुसल मेन्डिस, दिनेश चंडीमल, कमिन्दु मेन्डिस, दासुन शनाका, वानिन्दु हसरंगा, डुनिथ भेलागे, महेश थिसिंग थिसाहना, नुसहाना थिकस , दुष्मन्थ चमेरा र बिनुरा फर्नान्डो ।

श्रीलंका भ्रमणका लागि भारतको टी–२० टोलीः सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जैसवाल, रिंकु सिंह, रायन पराग, ऋषभ पन्त (विकेटकिपर), सञ्जु सामसन (विकेटकिपर), हार्दिक पाण्डेय, शिवम दुबे, अक्षर पटेल, वाशिंगटन सुन्दर, रवि बिश्नोई, अर्शदीप सिंह, खलील अहमद, मोहम्मद सिराज ।

श्रीलंका भ्रमणका लागि भारतको एकदिवसीय टोलीः रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, केएल राहुल (विकेटकिपर), ऋषभ पन्त (विकेटकीपर), श्रेयस अय्यर, शिवम दुबे, कुलदीप यादव, मोहम्मद सिराज, वाशिंगटन सुन्दर, अर्शदीप सिंह, रियान पराग, अक्षर पटेल, खलील अहमद, हर्षित राणा ।