९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन गर्दा ‘नो भोट’को पनि व्यवस्था गर्नुपर्छ: सांसद किराँती



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सत्तारुढ काँग्रेस–एमालेले दुई दलीय प्रणालीको अवधारणा अघि बढाएको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले धेरै दलमध्येबाट एउटा दलले जित्ने कुरा मुख्य कुरा हुने भन्दै दुई दलीय प्रणालीको अवधारणा सही नभएको प्रतिक्रिया समेत दिनुभयो । सांसद किरातीले संविधान संशोधन गर्दा अग्रममनका एजेण्डालाई अघि बढाउन पनि सत्तारुढ गठबन्धनलाई सचेत गराउनु भयो । उहाँले संविधान संशोधन गर्दा नो भोटको पनि व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुई दलीय प्रणालीको पनि कुरा यहाँ उठेको छ । के लोकतन्त्रमा दुई दल मध्ये एउटा दल छान्नु लोकतन्त्र हो रु कि धेरै दलमध्ये एउटा दल छान्नु लोकतन्त्र हो रु खेलकुदमा एक जनाको जित्छ, जसले मेहनत गर्छ । अरुलाई रेखाभन्दा बाहिर निकालेर होइन सभामुख महोदय । त्यसकारण लोकतन्त्रमा जनतालाई बलियो बनाउनका निम्ति संविधान संशोधन गर्दाखेरी धेरै अग्रममनका एजेण्डाहरु हालेर त्यसमा नो भोटको सिष्टम पनि गर्नुपर्छ भन्ने कुरा म राख्न चाहन्छु । ’

सांसद किराँतीले जनतालाई बलियो बनाउने गरी संविधान संशोधन हुनुपर्ने जिकिर पनि गर्नुभयो ।