११ असार २०८३, बिहीबार
,
Latest
ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी नेता पुन आज स्वदेश फर्किँदै



अ+ अ-

काठमाडौं । स्वास्थ्य उपचारका लागि बिदेश गएका माओवादी केन्द्रका नेता वर्षमान पुन आज (सोमबार) स्वदेश फर्कँदैछन् । 

पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज बेलुका चार्टर विमानमार्फत पुन नेपाल आउन लागेका हुन् । 

उनी उपचारका लागि गत असोजमा थाइल्यान्ड प्रस्थान गरी त्यतैबाट चीन पुगेका थिए । 

हाल उनको शरीरमा बिलुरुबिन (जण्डिस) को मात्रा नियन्त्रित अवस्थामा रहेको पारिवारिक स्रोतले बताएको छ । 

नेता पुनलाई चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनले स्वास्थ्यमा सुधार भएसँगै डिस्चार्ज गरेको थियो ।  

नेता पुन पार्टीको आठौं महाधिवेशनमा पनि आउन सकेका थिएनन् । 

नेता पुनकै आग्रहमा माओवादीको पदाधिकारी चयनको प्रक्रिया पनि स्थगित गरिएको थियो ।