९ श्रावण २०८३, शनिबार
,
Latest
विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस दिएको विषयलाई सांसदले नजरअन्दाज गर्न मिल्दैन: सांसद केसी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजन केसीले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद डा।वीरेन्द्र महतोले पाँच हजार घुस आफूले दिएको भन्ने विषयमा संसद मौन बस्न नहुने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले तीन दिनभित्र सदनलाई जानकारी दिन सरकारसँग माग गर्नुभयो । उहाँले संसदको रोस्ट्रमबाट पूर्वमन्त्री तथा सांसदले पाँच हजार घुस दिएँ भन्दै उठाएको विषयमा सभामुखबाट किन रूलिङ नभएको रु भन्दै प्रश्न गर्नुभयो । उहाँले पाँच हजार घुस दिएको विषय संसदले नजरअन्दाज गर्न नमिल्ने बताउनु भयो । उहाँले उक्त विषयमा सभामुखबाट रूलिङ हुन्छ भन्ने आश भएपनि नभएको गुनासो गर्नुभयो । उहाँले पूर्वमन्त्री तथा सांसदले पनि घुस दिनुपर्ने अवस्था भए आमनागरिकको अवस्था के होला ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो,‘संसदमा पूर्वमन्त्री तथा सांसदले अध्ययनको प्रमाणपत्र प्रमाणित गर्न ५ हजार घुस दिनुदिएको विषयलाई संसदले नजरअन्दाज गर्न मिल्दैन । सभामुखले रुलिङ गर्न आवश्यक थियो । तर भएन । घुस खाएको विषय संसदमा बोल्दा समेत संसद मौन बस्नु हुँदैन । अहिले पनि घुस लिनेहरु खुला रुपमा खाईरहेका छन् । मुलुकका हरेक कार्यालयहरुमा दलालहरु छटपटीरहेका छन् । यसको कारणले मुलुकको राजश्व अत्यन्तै कमजोर छ । आर्थिक वर्ष २०८०/०८१मा १४ खर्ब राजश्व संकलनको लक्ष्य राखेको थियो । जसमा १० खर्ब ३० अर्ब मात्रै राजश्व संकलन भएको छ । यो भ्रष्टाचारको कारण भएको छ । आम्दानी भन्दा बढी खर्च भएपछि मुलुक आर्थिक रुपमा कहाँ जान्छ । मुलुकमा भएका युवाहरुलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने भएपनि मुलुकमा समृद्धि भन्दा पनि केवल साधरण खर्च बढाएर अदोगतितिर लैजाने प्रयास हुँदैछ । म सरकारलाई पाँच हजार घुसका सम्बन्धमा तत्काल सम्बन्धित मन्त्रीहरु र प्रधानमन्त्रीलाई रुलिङको लागि माग गर्दै संसदलाई तीन दिनभत्रि जानकारी गराउन माग गर्दछु ।’

उहाँले मुलुकमा भ्रष्टाचार बढेको कारणले राजश्व संकलनमा समेत गिरावट भएको बताउनु भयो । उहाँले सरकारको आम्दानी भन्दा खर्च धेरै भएकाले आर्थिक रुपमा शिथिल बन्न पुगेको बताउनु भयो । उहाँले अब सरकारले मुलुकमा भएका युवाहरुलाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक भएको बताउनु भयो ।