६ भाद्र २०८३, शनिबार
,
Latest
इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट प्रतियोगितामा परिवर्तनः विश्वकपमा पुग्न नेपाललाई फाइदा कि बेफाइदा ?



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बोर्ड बैठकले महिला तथा पुरुष विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा केही परिवर्तन गरेको छ ।

आईसीसीले गरेको उक्त निर्णयले विश्वकपमा पुग्न नेपाललाई केही सहज हुने देखिन्छ ।

बैठकले सन् २०२६ मा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि क्षेत्रीय छनोटबाट विश्वकप पुग्ने ८ टोलीको छनोट प्रक्रियामा परिवर्तन गरेको छ ।

जसअनुसार अब युरोप र अफ्रीकाबाट २–२, अमेरिकाबाट १ तथा एसिया र इस्ट एसिया प्यासिफिक (इएपी)क्षेत्रबाट ३ टोली छनोट हुनेछन् ।

यसअघि एसियाबाट २ र इएपीबाट १ टोली छनोट हुँदै आएको थियो । एसियाबाट विश्वकपमा पुग्न नेपाल, ओमान, यूएई र हङकङ मुख्य दाबेदार रहँदै आएकामा तीन टोली हुँदा नेपाललाई केही सहज हुने भएको छ ।

महिलातर्फ पनि आईसीसीले विश्वकपमा सहभागी हुने टोलीको सङ्ख्या बढाएको छ ।

सन् २०३० को विश्वकपदेखि सहभागी टोलीलाई १२ बाट १६ पुर्‍याइएको छ । नेपालको महिला टोलीले अहिलेसम्म विश्वकपमा स्थान बनाउन सकेको छैन ।