२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौद्रिक नीतिले निजी क्षेत्रको चासोलाई सम्बोधन गर्नुपर्छः सांसद पुन



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले मौद्रिक नीति नीजि क्षेत्रको चासोलाई सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताउनुभएको छ ।

सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पुनले नीजि क्षेत्रले सङ्कुचनको महशुस गरिरहेको भन्दै मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने बताउनुभएको हो । उहाँले घरजग्गा कारोबार र शेयर कारोबारमा रहेका अपm्ठ्याराहरुलाई फुकाउनुपर्ने बताउनु भयो ।

उहाँले लगानीयोग्य पुँजी बैंकहरुमा थुप्रिएर बसेको भन्दै मौद्रिक नीतिले त्यसलाई चलायमान बनाउनुपर्ने बताउनु भयो । उहाँले नेपाल राष्ट्र बैंकको स्वायत्तता र विज्ञतामा सरकारले हस्तक्षेपमा गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘वित्तिय नीति र मौद्रिक नीति एक अर्काका पूरक हुन् । त्यही रुपले आउनुपर्छ । समयमै आउनुपर्छ । खासमा अहिले नीजि क्षेत्रले सङ्कुचनको महशुस गरिराखेको छ । केही कडाइको महशुस गरिराखेको छ । केही लचकता गर्नुपर्छ । घरजग्गा कारोबार, शेयर कारोबारमा रहेका क्यापिङहरु, अप्ठ्याराहरुलाई फुकाउनुपर्छ ।

लगानीयोग्य पुँजी पर्याप्त छ । बैंकहरुमा थुप्रिएर बसेको छ । त्यसलाई चलायमान बनाउनलाई मौद्रिक नीतिले सघाउ पु¥याउनुपर्छ । नेपाल राष्ट्र बैंकको स्वायत्तता र विज्ञतामा हस्तक्षेपमा गर्नु हुँदैन । राष्ट्र बैंकले स्वतन्त्र ढंगले निजी क्षेत्रका चासोहरुलाई सम्बोधन गरोस् । सरकारले लिएको लिएको वित्तिय नीतिलाई समर्थन गर्ने ढंगले आओस् । यसमा कुनै स्वार्थ समुह हाबी नहोस् । मेरो शुभेच्छा छ राष्ट्र बैंकलाई ।’

उहाँले मौद्रिक नीति सरकारले लिएको वित्तिय नीतिलाई समर्थन गर्नेगरी आउनुपर्ने बताउनु भयो । उहाँले मौद्रिक नीतिमा कुनै स्वार्थ समूह हाबी हुन नहुने पनि बताउनु भयो ।