१८ भाद्र २०८३, बिहीबार
,
Latest
‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोलार्डको प्रहार गरेको बलले लागेर फ्यान घाइते, ब्याट्सम्यानले मागे माफी



अ+ अ-

एजेन्सी । किरोन पोलार्ड हाल एमआई न्यूयोर्कबाट मेजर लिग क्रिकेट २०२४ मा खेलिरहेका छन् । प्रतियोगिताको १९औं खेलमा पोलार्डले उत्कृष्ट इनिङ खेल्दै १२ बलमा २ चौका र ३ छक्काको मद्दतमा अविजित ३३ रन बनाएका थिए ।

यसैबीच पोलार्डको प्रहारबाट एक महिला फ्यान घाइते भएकी छन् । त्यसपछि पोलार्डले खेलपछि महिला फ्यानसँग माफी मागे र अटोग्राफ पनि दिए । पोलार्डले महिला फ्यानलाई भेटेको भिडियो तिब्र गतिमा भाइरल भइरहेको छ ।

पोलार्डको यो भिडियो एमआई न्यूयोर्कको सामाजिक सञ्जालबाट शेयर गरिएको हो । भिडियोमा पोलार्डले लेग साइडमा शट खेल्दा बल सिधै स्टेडियमबाहिर उभिएकी टोलीकी महिला फ्यानको काँधमा गएको देख्न सकिन्छ । बलले प्रहार गरेपछि महिला फ्यान निकै असहज देखिएकी थिइन् ।

खेलपछि पोलार्डले महिला फ्यानलाई भेटेर माफी मागेका थिए । यस क्रममा फ्यानले पोलार्डको शटको तारिफ गरेकी थिइन् । यसपछि पोलार्डले क्याप साइन गरेर महिला फ्यानलाई दिए । त्यसपछि महिला फ्यान र उनका पतिले पोलार्डसँग सेल्फी खिचे । पोलार्डले फ्यानका पतिसँग पनि माफी मागेका छन् ।

एमआई न्यूयोर्कले खेल ४ विकेटले जित्यो । न्युयोर्कले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको लस एन्जलस नाइट राइडर्स १९.१ ओभरमा १३० रनमा अलआउट भयो । टोलीका लागि आन्द्रे रसेलले २१ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३५ रन बनाए । यस अवधिमा एमआई न्यूयोर्कका लागि राशिद खानले सर्वाधिक ३ विकेट लिए ।

त्यसपछि एमआई न्युयोर्कले लक्ष्य पछ्याउँदै १७ ओभरमा १३४ रन बनाएर जित्यो । एमआईका लागि विकेटकिपर ब्याट्सम्यान निकोलस पूरनले २८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३५ रनको सबैभन्दा ठूलो पारी खेले ।