२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशुली दुर्घटनामा हराएका हरुको खोजी गर्न १९७ सुरक्षाकर्मी परिचालन: प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली यात्रु बस दुर्घटनामा हराएकाहरुको खोजी गर्न १९७ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले असार २८ गते त्रिशुलीमा भएको यात्रु बस दुर्घटनामा परेर हराएकाहरुको खोजी कार्य जारी रहेको बताउनुभएको हो ।

उहाँले खोजी कार्यमा नेपाली सेनाका १४ जना, नेपाल प्रहरीका ५६ जना र सशस्त्र प्रहरी बल नेपालका १२६ जनागरी १९७ जना सुरक्षाकर्मीले खोजी कार्य गरिरहेका जानकारी दिनुभयो । त्यस्तै ५ जना भारतीय गोताखोर पनि परिचालन गरिएको उहाँले बताउनु भयो । हराएका ६२ जनामध्ये हालसम्म २५ जनाको शव फेला परेको उहाँको भनाई छ । जसमध्ये १८ जनाको सनाखत भएको र ७ जनाको सनाखत हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उहाँले नदीले बगाएका शवहरु भेटिन सक्ने सम्भावित स्थलहरु चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र भारतको पूर्वी चम्पारणसम्म खोजी कार्य भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘बस दुर्घटना भएको स्थल र सो को आसपासको क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाई खोजी कार्य गरिएको छ । नदिले बगाएका शवहरु भेटिन सक्ने सम्भावित स्थलहरु चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र भारतको पूर्वी चम्पारण सम्म खोजी कार्य भइरहेको छ । धमिलो पानी, नदिको उच्च वहाव गति र ३०/४० मिटर गहिरो नदीको कारण खोजी कार्यमा अपेक्षित सफलता मिल्न सकेको छैन । तथापी उपलब्ध प्राविधिक उपकरण, जनशक्तिको सम्पूर्ण सामथ्र्य प्रयोग गरी सुरक्षा निकाय परिचालन र स्थानीय प्रशासनले स्थानीय नागरिकहरु समेतको सहयोगमा खोजी कार्यमा निरन्तरता दिएको छ ।’

उहाँले खोजी कार्यमा स्थानीय नागरिकहरु समेत संलग्न भएका बताउनु भयो ।